logo
२०८१ मंसिर ९ आईतवार



सेनेगलका पूर्व मिडफिल्डर पापा बौबा डोपको निधन

खेलकुद |


सेनेगलका पूर्व  मिडफिल्डर पापा बौबा डोपको निधन


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १५ गते । सेनेगल, फुलहम र पोर्ट्समाउथका पूर्व मिडफिल्डर पापा बौबा डोपको निधन भएको छ । प्रिमियर लिगको १२९ खेलमा सहभागी हुनुभएका पापा इंग्ल्याण्डको वेष्टहम यूनाइटेड र बिर्मिघंम सिटिका लागि प्रतिनिधित्व गर्नुभएको थियो ।
सन् २००२ को विश्वकपमा राष्ट्रिय टोलीमा सहभागी उहाँले फ्रान्सविरुद्धको खेलमा सेनेगलले १–० को जित हात पार्दा एक मात्र निर्णायक गोल गर्नुभएको थियो । फुटबलको सर्बोच्च निकाय अन्तर्राष्ट्रिय फुटबल महासंघले सामाजिक सञ्जालमा ‘एक पटक विश्वकपमा हिरो, सधैं विश्वकपका हिरो’ भन्दै सेनेगलका पूर्व मिडफिल्डरको प्रशंसा गर्दै श्रद्धाञ्जली व्यक्त गरेको छ ।
सेनेगल सन् २००२ को फिफा विश्वकपमा क्वार्टरफाइनलसम्मको यात्रा गरेको थियो । लिग चरणमा उरुग्वेविरुद्धको खेल ३–३ को बराबरीमा सकिदा पापाले सेनेगलका लागि दुई गोल गर्नुभएको थियो । उहाँले चार पटक अफ्रिका कप अफ नेशन्समा सेनेगलको प्रतिनिधित्व गर्नुभयो । सन् २००२ मा सेनेगल अफ्रिका कप अफ नेशन्सको उपविजेता भएको थियो । सन् २०१३ मा पापा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गर्नुभयो ।
सन् २००८ मा पोर्ट्समाउथले एफ ए कपको उपाधि उचाल्दा पापा विजेता टोलीको सदस्य हुनुहुन्थ्यो । पोर्ट्समाउथका तात्कालीन ब्यवस्थापक हयारी रेडन्यापले पापालाई मैले महान ब्यक्तित्वका धनीको रुपमा लिएको बताउनुभयो ।
सेनेगलका राष्ट्रपति म्याकी सालले पापा डोपको निधन सेनेगलका लागि ठूलो क्षति भएको प्रतिक्रिया दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?