logo
२०८१ मंसिर ९ आईतवार



बार्सिलोनाको सहज जितमा मेस्सीद्वारा म्याराडोनाप्रति सम्मान

खेलकुद |


बार्सिलोनाको सहज जितमा मेस्सीद्वारा म्याराडोनाप्रति सम्मान
तस्विर-रोयटर्स


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १५ गते । बार्सिलोनाले ओसोसुनामाथि जित हात पार्दा स्टार खेलाडी लियोनल मेस्सीले फुटबलका महान हस्ती डिआगो म्याराडोनाप्रति श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । अर्जेन्टिनाका म्याराडोना सन् ९० को दशकमा बार्सिलोनाका लागि क्लब फुटबलमा आबद्ध हुनुभएको थियो ।
३३ वर्षीय मेस्सीले बार्सिलोनाको चौथो गोलपछि म्याराडोनाको निधनमा शोक व्यक्त गर्नुभयो । मेस्सीले गोल गरेपछि आफ्नो कमीज फुकाल्दै घरेलु फुटबलमा आबद्ध भएको १० अङक उल्लेखित रातो र कालो रङ्गको किट उचाल्नुभयो । म्याराडोना क्लब फुटबलमा आबद्ध हुँदासमेत दश नम्बर जर्सी लगाउँदै आउनुभएको थियो । रोजेरियोमा आबद्ध रहँदा सन् १९९३ मा म्याराडोना उक्त पहिरन लगाउनुभएको थियो ।
म्याराडोना सन् १९८२ देखि १९८४ सम्म क्लब फुटबल अन्तर्गत बार्सिलोनाका लागि खेल्नुभएको थियो ।
नौ क्याम्पमा सम्पन्न खेलमा बार्सिलोनाको टोलीले आफ्नो पूर्व खेलाडी म्याराडोनाको सम्मानमा दुबै हात उचालेर एक मिनेटसम्म मौन धारण गरी श्रद्धासुमन व्यक्त गर्यो । स्पेनिस ला लिगा अन्तर्गतकाे खेलमा ओसोसुनामाथि ४–० को सहज जितमा बार्सिलोनाका लागि मार्टिन ब्रैथवैट, एन्टोनि ग्रिजमन्न र फिलिप कौटिन्होले समेत एक एक गोल गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?