logo
२०८१ मंसिर ९ आईतवार



दक्षिण अफ्रिका विरुद्धको टी ट्वान्टी श्रृखंला इंग्ल्याण्डको क्लिन स्वीप

खेलकुद |


दक्षिण अफ्रिका विरुद्धको टी ट्वान्टी श्रृखंला इंग्ल्याण्डको क्लिन स्वीप
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १७ गते । देविड मलानले अविजित रहँदै ९९ रनको पारी खेलेपछि इंग्ल्याण्डले दक्षिण अफ्रिका विरुद्धको तेस्रो टी ट्वान्टी खेल नौ विकेटको सम्मानजनक जित हात पारेको छ । तेस्रो टी ट्वान्टीमा जितसँगै इंग्ल्याण्डले दक्षिण अफ्रिका विरुद्धको तीन म्याचको टी ट्वान्टी श्रृखंला क्लिन स्वीप गरेको हो ।
न्यूल्याण्ड्समा दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १९२ रनको लक्ष्य इंग्ल्याण्डले खेल सकिन १४ बल बाँकी छँदै मात्र एक विकेटको क्षतिमा पुरा गर्यो । जैसन रोय १६ रनको ब्यक्तिगत् योगफलमा पेभेलियन फर्केपछि दबाबमा आएको इंग्ल्याण्डलाई अर्का ओपनर जोस बटलरले मलानसँग दोस्रो विकेटका लागि १६७ रनको साझेदारी गर्नुभयो । टी ट्वान्टी अन्तर्राष्ट्रियमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो दोस्रो विकेटको साझेदारी हो । मलानले ४७ बलको सामना गर्नुभयो । बटलरले ४६ बलमा ६७ रन बनाउनुभयो ।
अफ्रिकी बलरहरुमा एनरिक नोर्जेले एक विकेट लिनुभयो । तवरेज सम्सीले चार ओभरमा ५७ रन खर्चिदा सिपाम्लाले १६ बलमा ४५ रन खर्चे ।
यसअघि पहिला ब्याटिंग गरेको दक्षिण अफ्रिकाले ६४ रनमै महत्वपूर्ण तीन विकेट गुमाएर दबाबमा आएको थियो । भान डर दुस्सैनले फाफ डु प्लेसिससँग चौथो विकेटका लागि मात्र ६६ बलमा १२७ रनको साझेदारी गरेपछि अफ्रिकी इनिंग्स सम्मानजनक योगफलसम्म पुग्यो । दुस्सैनले मात्र ३२ बलमा ७४ रनको अविजित पारी खेल्नुभयो । टी ट्वान्टीमा यो उहाँको दोस्रो सर्वाधिक ब्यक्तिगत योगफल हो ।
देविड मलान प्लेयर अफ द् म्याच र प्लेयर अफ द् सेरिज घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?