logo
२०८१ मंसिर ९ आईतवार



अष्ट्रेलिया विश्वकप सुपर लिग तालिकाको शिर्ष स्थानमा उक्लियो

खेलकुद |


अष्ट्रेलिया विश्वकप सुपर लिग तालिकाको शिर्ष स्थानमा उक्लियो
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १८ गते । भारतविरुद्धको एकदिवसीय श्रृखंलामा जितसँगै अष्ट्रेलिया विश्वकप सुपर लिग अङ्कतालिकाको शीर्ष स्थानमा उक्लेको छ । बुधबार सम्पन्न तीन म्याचको श्रृखंलाको तेस्रो एकदिवसीय खेलमा हार बेहोरेपनि अष्ट्रेलिया एकदिवसीय श्रृखंला २–१ ले जितेको हो ।
भारत भने सुपर लिग तालिकाको छैटाैं स्थानमा उक्लेको छ । अष्ट्रेलियामाथि पहिलो जितसँगै भारतले तालिकामा खाता खोल्दै नौ अङ्क बटुलेको छ । अष्ट्रेलियाको ४० अङ्क छ । अष्ट्रेलियाले यसअघि इंग्ल्याण्डलाई २–१ ले हराएको थियो ।
सुपर लिग अङ्कतालिका विश्वकप छनोटको माध्यम हो । यसअघि आईसीसीको मान्यता प्राप्त १० पूर्ण राष्ट्रले छनोट नखेल्दै सोझै विश्वकप खेल्दै आएको थियो । तर पछिल्लोपटक आईसीसीले उक्त ब्यवस्था संशोधन गर्दै आयोजक राष्ट्र अतिरिक्तका टोलीले समेत छनोट खेल्नुपर्ने ब्यवस्था लागू गरेको छ । आईसीसीको पूर्ण सदस्य रहेको १३ राष्ट्रले छनोटमा स्पर्धा गर्दैछ । भारत भने विश्वकप २०२३ को आयोजक राष्ट्र हो ।
विश्वकप विजेता इंग्ल्याण्ड भने ३० अङ्कसहित दोस्रो स्थानमा छ । उसले आयरल्याण्डलाई २–१ ले हराएको थियो । पाकिस्तानको समेत २० अङ्क छ । उसले जिम्बाबवे विरुद्धको श्रृखंला २–१ ले जितेको थियो । जिम्बाबवे चौथो, आयरल्याण्ड पाँचौं स्थानमा छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?