logo
२०८१ मंसिर ९ आईतवार



म्यान्चेष्टर यूनाइटेडको घरेलु मैदानमा चौथो हार

खेलकुद |


म्यान्चेष्टर यूनाइटेडको घरेलु मैदानमा चौथो हार
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर १८ गते । नेयमारले दुई गोल गरेपछि म्यान्चेष्टर यूनाइटेड घरेलु मैदानमा पेरिस सैन्ट जर्माइनबाट हार बेहोरेको छ । घरेलु मैदान ओल्ड ट्«ाफोर्डमा म्यान्चेष्टर यूनाइटेडको जारी सिजनमा यो चौथो हार हो ।
च्याम्पियन्स लिग अन्तगर्त समूह एचको खेलमा म्यान्चेष्टर यूनाइटेड ३–१ ले पराजित हुन पुग्यो । नेयमारले खेल सुरु भएको छैठौं मिनेटमै गोल गरेर पाहुना टोली सैन्ट जर्माइनलाई १–० को अग्रता दिलाउनुभयो । मार्कस राशफोर्डले चौथो खेलमा तेस्रो गोल गर्दै यूनाइटेडलाई बराबरीको स्थितिमा ल्याउनुभयो । दोस्रो हाफको ६९ औं मिनेटमा मार्किनोजको प्रहार गोलमा परिणत भएपछि पाहुना टोली २–१ को अग्रता लिन सफल भयो । यूनाइटेडका मीडफिल्डर फ्रेडले ७० औं मिनेटमा एन्डर हेरेरालाई लडाएपछि रातो कार्ड खाँदै मैदानबाट बाहिरिनुपर्यो ।
नेयमारले अतिरिक्त समयमा गर्नुभएको थप एक गोलले पाहुना टोलीलाई ३–१ को अग्रता दिलाउँदै यूनाइटेडमाथि जित दिलाउन पर्याप्त भयो । नेयमारको च्याम्पियन्स लिगमा यो ३८ औं गोल हो । हारसँगै म्यान्चेष्टर यूनाइटेड समूह एचमा जर्मन क्लब पेरिस सैन्ट जर्माइन र लेप्जिगसँगै सामान नौ अङ्कमा चित्त बुझाउनुपर्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?