logo
२०८१ मंसिर ९ आईतवार



रबिन्दर जडेजा टी ट्वान्टी श्रृखंलाबाट बाहिरिए

खेलकुद |


रबिन्दर जडेजा टी ट्वान्टी श्रृखंलाबाट बाहिरिए
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २० गते । भारतीय क्रिकेट टोलीका अलराउण्डर रबिन्दर जडेजा अष्ट्रेलिया विरुद्धको टी ट्वान्टी श्रृखंलाबाट बाहिरिनुभएको छ । पहिलो टी ट्वान्टी खेलकै क्रममा मस्तिष्कमा चोट लागेको जडेजालाई टोलीका चिकित्सकले प्रारम्भिक परीक्षणपछि खेल्न सक्ने स्थितिमा नरहेको जनाएको छ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले एक वक्तब्य जारी गरी जडेजालाई तात्काल चिकित्सकीय निगरानीमा राखिएको र शनिबार थप परीक्षण गरिने उल्लेख गरेको छ । जडेजाको स्थानमा तीब्र गतिका बलर श्रद्धुल ठाकुरलाई टोलीमा बोलाइएको छ । उहाँ यसअघि टी ट्वान्टी टोलीमा पर्नुभएको थिएन ।
भारतले ब्याटिंग गरिरहँदा पारीको अन्तिम ओभरमा मिसेल स्टार्कको बल हेलमेटमा लाग्दा जडेजा घाइते हुनुभएको थियो । पारी अन्तरालमा जडेजाको स्थानमा आईसीसीको ब्यवस्था बमोजिम भारतीय टोली ब्यवस्थापकले युज्वेन्द्र चाहललाई भित्र्यायो । जसलाई आईसीसीको शब्दमा ‘कन्कसन स्थानान्तरण’ भनिन्छ । खेल मैदानमा खेलाडी घाइते भएपछि घाइते खेलाडीकै खेल स्वभाबका अर्को खेलाडीलाई टोली ब्यवस्थापनले रेफ्रीको सहमतिमा स्थानान्तरण गर्न पाउँछ ।
चोट लागे लगत्तै उक्त स्थानान्तरण नगरिएपनि टोली ब्यवस्थापनले पारी अन्तरालमा जडेजाको कन्कसनमा चाहललाई भित्र्यायो । चाहलले भने आरोन फिञ्च, स्टिभ स्मिथ र म्याथ्यु वाडेको विकेट लिएर भारतको ११ रनको जितमा निर्णायक भूमिका निर्वाह गर्नुभयो । घाइते जडेजाले समेत मात्र २३ बलमा ४४ रन बनाएर उत्कृष्ट पारी खेल्दै भारतलाई औसत योगफलसम्म पुर्याउनुभएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?