गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २५ गते । इटालीलाई विश्वकप १९८२ को उपाधि दिलाउने महान फुटबलर पाओलो रोस्सीको निधन भएको छ । ६४ वर्षीय रोस्सीको बिहीबार निधन भएको हो ।
सन् १९८२ को विश्वकपमा स्पेनलाई हराएर इटालीले उपाधि चुमेको थियो । रोस्सी सर्वोत्कृष्ट खेलाडी घोषित हुनुका साथै सर्वाधिक गोलकत्र्ता हुनुभयो । उहाँले भिसान्जाबाट क्लब फुटबलको यात्रा सुरुवात गर्नुभएका रोस्सीले जुभेन्ट्स हुँदै एसी मिलानमा टुंग्याउनुभएको थियो ।
इटालीका सञ्चारमाध्यमले रोस्सी लामो समयदेखि अस्वस्थ रहेको उल्लेख गरेको छ । रोस्सीकी श्रीमति फेडेरिका क्यापेलेट्टीले सामाजिक सञ्जालमा रोस्सीसहितको परिवारको तस्विर राख्दै ‘सधैंका लागि’ लेख्नुभएको छ । उहाँले मृत्युको कारण खुलाउनुभएको छैन् ।
रोस्सीले इटालीका लागि ४८ खेलमा २० गोल गर्नुभएको छ । सिरी ए मा उहाँले एक सयभन्दा बढी गोल गर्नुभएको छ ।