गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २५ गते । दक्षिण अफ्रिकी क्रिकेट टोलीले १४ वर्षपछि पाकिस्तान भ्रमण गर्ने भएको छ । आगामी वर्षको जनवरी २६ देखि फेब्रुअरी १४ सम्म दक्षिण अफ्रिकी क्रिकेट टोलीले पाकिस्तानमा दुई टेष्ट र तीन टी ट्वान्टी खेल्ने तय भएको छ ।
अफ्रिकी क्रिकेट बोर्डका अनुसार जोहान्सवर्गबाट अफ्रिकी टोली जनवरी १६ मा पाकिस्तानका लागि प्रस्थान गर्नेछ । दश दिनको क्वारेन्टिनपछि रावलपिण्डीमा दुई म्याचको टेष्ट श्रृखंला सुरु हुनेछ । टेष्ट सम्पन्न हुनेबित्तिकै अफ्रिकी टोली तीन म्याचको टी ट्वान्टी खेल्न लाहोर पुग्नेछ ।
दक्षिण अफ्रिका पछिल्लो एक वर्षमा विश्व टेष्ट च्याम्पियनसिप खेल्न पाकिस्तान भ्रमण गर्ने तेस्रो टोली हुनेछ । श्रीलङ्काले यसैवर्षको सुरुवातमा पाकिस्तान भ्रमण गरेको थियो । लगत्तै बंगलादेशले खेल्यो ।
श्रीलङ्का क्रिकेट टोलीको पाकिस्तान भ्रमणको क्रममा आतंककारी आक्रमण भए यता पाकिस्तानको घरेलु मैदानमा क्रिकेट गतिविधि शून्यप्रायः भएको थियो ।