logo
२०८१ मंसिर ९ आईतवार



राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक जोहान कालिनको राजिनामा स्वीकृत

खेलकुद |


राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक जोहान कालिनको राजिनामा स्वीकृत
तस्विर-एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २५ गते । राष्ट्रिय फुटबल टोलीका प्रमुख प्रशिक्षक जोहान कालिनले पदबाट राजिनामा गर्नुभएको छ । अखिल नेपाल फुटबल संघले कालिनलाई मार्च १, २०१९ मा प्रमुख प्रशिक्षक नियुक्त गरेको थियो ।
अखिल नेपाल फुटबल संघको बैठकले उहाँको राजिनामा स्वीकृत गरेको छ । कालिनले गत् नोभेम्बर १ मा राजिनामासहितको पत्र फुटबल संघलाई बुझाउनुभएको थियो । संघले सहायक प्रशिक्षक बाल गोपाल महर्जनलाई कार्यवाहक प्रमुख प्रशिक्षकको जिम्मेवारी दिएको छ ।
कालिनको प्रशिक्षकत्वमा नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मार्च २१, २०१९ मा कुवेत विरुद्ध खेलेको थियो । कालिनको प्रशिक्षकत्वमा नेपालले ११ अन्तर्राष्ट्रिय स्पर्धा गरेको थियो । जसमध्ये एकमा जित, दुईमा बराबरी र आठमा हार बेहोरेको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?