logo
२०८१ मंसिर ९ आईतवार



कायल जमीन्सनको बलिंग सामु वेष्टइन्डिज नीरिह

खेलकुद |


कायल जमीन्सनको बलिंग सामु वेष्टइन्डिज नीरिह
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, मंसिर २७ गते । न्युजिल्याण्डका तिब्र गतिका बलर कायल जमीन्सन एक्लैले पाँच विकेट लिएपछि दोस्रो टेष्ट खेलको पहिलो पारीमा वेष्टइन्डिजले कमजोर प्रदर्शन गरेको छ । दोस्रो दिनको खेल सकिदासम्म वेष्टइन्डिजले मात्र १२४ रन जोडेको छ । उसले आठ विकेट गुमाइसकेको छ । पहिलो पारीमा ऊ न्युजिल्याण्डभन्दा अझै ३३६ रनले पछाडि रहेको छ । वेष्टइन्डिजका लागि जर्माइन ब्ल्याकऊडले बनाउनुभएको ६९ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल हो । उसको पारीका सात जना ब्याट्सम्यानले दोहोरा स्कोर समेत जोड्न सकेनन् । क्रेग ब्रैथवेट, रोष्टन चेज र अल्जारी जोसेफ खाता नखोल्दै पेभेलियन फर्किएका छन् ।
तेस्रो दिनको खेल जोशुआ डे सिल्भाले दुई तथा केमार होल्डरले पाँच रनको ब्यक्तिगत् योगफलबाट अगाडि बढाउनेछन् । न्युजिल्याण्डको पारीमा टिम साउदीले तीन तथा जमीन्सनले पाँच विकेट लिए ।
यसअघि वेलिंग्टनमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको घरेलु टोलीले पहिलो पारीमा ४६० रनको सम्मानजनक योगफल तयार गर्यो । उसको पारीमा हेनरी निकोलासले संयमित पारी खेल्दै सर्वाधिक १७४ रनको योगदान दिनुभयो । डेरिल मिसेलले ४४ तथा नैल वाग्नरले ६६ रनको योगदान दिए । वाग्नर अविजित रहनुभयो ।
वेष्टइन्डिजका लागि शैनन गेब्रेल र अल्जारी जोसेफले सामान तीन तीन तथा केमार होल्डर र रोष्टन चेजले सामान दुई दुई विकेट लिए । पहिलो टेष्ट खेल जितेर न्युजिल्याण्ड श्रृखंलामा १–० को अग्रता लिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?