हरिप्रसाद कोइराला
पथरीशनिश्चरे मोरङ, पुस २ गते । मोरङको पथरीशनिश्चरेमा जारी प्रथम पथरीशनिश्चरे प्रीमियर लिगको बिहिबारको खेलमा द रियल ब्रदर बिजयी भएको छ । देवीगञ्ज एफसीलाई ३–२ गोल अन्तरले पराजित गर्दै रियल ब्रदर्स लिगको दोश्रो स्थानमा उक्लिएको हो।
खेलको १३ औं मिनेटमा बिजय लिम्बुले गोल गर्दै देविगञ्जलाई अग्रता दिलाउनु भएको थियोे । सन्तोष न्यौपानेको प्रहारलाई अनमार्कमा रहेका लिम्बुले सुन्दर ढङ्गबाट जाली चुमाउनु भयो। खेलको २९ औं मिनेटमा रियलका सुजन खत्रीले गोल गर्दै खेललाई बराबरीमा पुर्याउनु भयो। सबिन लिम्बुको प्रहारलालाई गोल रक्षक मन कुमार मगरले नियन्त्रण लिन नसक्दा रिबाउन्ड बललाई सुजन खत्रीले गोल गर्नुभयो ।
खेलको ४७ औं मिनेटमा रियलका देवराज गुरुङले गोल गर्नुभयो । देबिगञ्जका डिफेन्सले गरेको गल्तीको फाइदा उठाउदै गुरुङले गरेको प्रहार गोल रक्षक मनकुमार मगरले नियन्त्रणमा लिन नसक्दा गुरुङले रिवाउण्ड बललाई प्रहार गर्दैन गोलमा परिणत गर्नुभयो । ६४ औं मिनेटमा देबिगञ्जका कप्तान सन्तोस न्यौपानेको कर्नर प्रहारलाइ दिपक राईले उत्कृष्ट गोल गर्दै खेल २-२ को प्रतिस्पर्धामा पुर्याउनु भयो ।।
इन्जुरी टाइमको अन्तिम मिनेटमा रियलका कप्तान तिर्थ राज बस्नेतले गोल गरेर टिमलाई ३-२ गोलको जित दिलाउनु भयो । बिशाल पाण्डेको पासलाई बस्नेतले जाली चुमाउनु भएको हो ।
प्रस्तावित पथरी रंगशालामा आयोजित प्रथम प्रिमियर लिगको आजको खेलको म्यान अफदी म्याच रियलका तिर्थराज बस्नेत घोषित हुनुभयो । लिगकम नकआउट शैलीमा मोफसलको पहिलो खेलाडी लिलाम बिक्रीबाट खेल आयोजना गरिएको हो ।