logo
२०८१ मंसिर ९ आईतवार



पाकिस्तान विरुद्धको पहिलो टी ट्वान्टीमा न्युजिल्याण्डको जित

खेलकुद |


पाकिस्तान विरुद्धको पहिलो टी ट्वान्टीमा न्युजिल्याण्डको जित
तस्विर-आईसीसी


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ३ गते । न्युजिल्याण्डले पाकिस्तान विरुद्धको पहिलो टी ट्वान्टी खेल पाँच विकेटले जितेको छ । पहिलो टी ट्वान्टीमा जितसँगै न्युजिल्याण्डले तीन म्याचको टी ट्वान्टीमा १–० को अग्रता लिएको छ ।
पाकिस्तानले प्रस्तुत गरेको १५४ रनको लक्ष्य न्युजिल्याण्डले खेल सकिन सात बल बाँकी छँदै मात्र पाँच विकेटको क्षतिमा १५६ रन बनाएर पुरा गर्यो । ओपनर टिम सैफर्टले सर्वाधिक ५७ रन बनाएर न्युजिल्याण्डका लागि जितको आधार तयार पार्नुभयो । जिम्मी निशमले १५ र मिसेल शान्टनर १२ रन बनाएर अविजित रहनुभयो । मार्क च्यापमन ३४ रन बनाउनुभयो ।
पाकिस्तानका लागि हरिश रौफले तीन तथा शाहिन अफ्रिदीले दुई विकेट लिनुभयो ।
यसअघि अकल्याण्डको इडेनपार्कमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको पाकिस्तानले कमजोर सुरुवात गर्यो । ३९ रनमै पाँच विकेट गुमाएको पाकिस्तानका लागि शदाब खानले ४२ तथा फहिम अशरफले ३१ रनको योगदान दिएर औसत योगफलसम्म पुर्याउनुभयो ।
न्युजिल्याण्डका ज्याकब डफीले आफ्नो डेब्यु खेलमै चार विकेट लिनुभयो । उहाँले चार ओभरमा ३३ रन खर्चेर चार विकेट लिनुभयो । स्कट्ट कग्लेजिनले तीन तथा इश सोडी र ब्लैयर टिकनरले सामान एक एक विकेट लिए ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?