logo
२०८१ मंसिर ९ आईतवार



मोहम्मद वसिम पाकिस्तानका प्रमुख चयनकत्र्ता नियुक्त

खेलकुद |


मोहम्मद वसिम पाकिस्तानका प्रमुख चयनकत्र्ता नियुक्त
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ४ गते । उत्तरी पाकिस्तानका प्रमुख प्रशिक्षक एवम् पूर्ब ब्याट्सम्यान मोहम्मद वसिम पाकिस्तानका प्रमुख चयनकत्र्ता नियुक्त हुनुभएको छ । उहाँ सन् २०२३ को विश्वकप सम्मका लागि प्रमुख चयनकत्र्ता हुनुभएको हो ।
कैद ए आजम ट्रफी जारी रहँदा प्रमुख प्रशिक्षक रहनुभएका वसिमलाई उक्त भूमिकाबाट पाकिस्तान क्रिकेट बोर्डले राजिनामा गर्न आग्रह गरेको थियो । राजिनामापछि उहाँलाई प्रमुख प्रशिक्षकको जिम्मेवारी दिइएको हो । उहाँले आगामी जनवरी महिनामा दक्षिण अफ्रिका विरुद्धको घरेलु श्रृखंलामा पाकिस्तान क्रिकेट टोलीको चयन गर्नुहुनेछ ।
प्रमुख चयनकत्र्ता मिसबाह उल हकले राजिनामा गरेपछि उक्त पद तीन सातादेखि रिक्त रहेको थियो । बोर्डले यसअघि मोहम्मद अकरमलाई प्रमुख चयनकत्र्ता नियुक्त गर्ने तयारी गरेको थियो । तर अकरमले चयनकत्र्ता समितिको स्वरुपलाई लिएर असहमति जनाएपछि उहाँसँगको सम्झौता सफल भएन । बोर्डले गत् वर्ष छ वटा क्षेत्रीय संघका प्रमुख प्रशिक्षकलाई समेत चयन समिति राखेको थियो । अकरमले स्वतन्त्र चयन समितिको माँग गर्नुभएको थियो । बोर्डले उक्त माँगमा सहमति नगरेपछि अकरमको स्थानमा वसिम प्रमुख चयनकत्र्ता नियुक्त हुनुभएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?