गोरखापत्र अनलाइन
काठमाडौं, पुस ६ गते । रियल मड्रिडले स्पेनिस ला लिगामा लगातार चौथो खेलमा जित हात पारेको छ । ऐबरमाथि १–३ को जित हात पार्दै रियलले अङ्कतालिकाको शिर्ष स्थानमा रहेको एटलेटिकोसँग अङ्क बराबरी गरेको छ । एटलेटिकोले १२ खेलबाट २९ अङ्क बटुल्दा रियलले १४ खेलमा त्यत्ति अङ्क बनाएको छ ।
रियलको जितमा करिम बेञ्जिमाले खेल सुरु भएको छैठौं मिनेटमा गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । १३ औं मिनेटमा लुका मोड्रिकले रियलका लागि दोस्रो गोल थप्नुभयो । हाफटाइम अघि कप्तान किके गार्सियाले ऐबरका लागि सुरुवाती गोल गर्दै खेल १–२ को स्थितिमा ल्याउनुभयो ।
दोस्रो हाफमा दुबै टोलिले गोल थप्न संघर्ष गरेपनि सफलता प्राप्त गर्न सकेनन । इन्ज्युरी समयमा लुकास भेज्कजले गोल थप्दै ३–१ ले रियलको जित सुनिश्चित गर्नुभयो ।
जिनेदिन जिदानको रियल मड्रिडले तेस्रो स्थानको रियल सोसिडाडसँग स्पष्ट तीन अङ्कको अग्रता कायम गरेको छ । चौथो स्थानको भिल्लारियलको २५ तथा पाँचौं स्थानको बार्सिलोनाको २१ अङ्क छ ।