गोरखापत्र अनलाइन
काठमाडौं, पुस ६ गते । डेन क्रिष्चियनले बिग बैश लिगमा १५ बलमै अद्र्धशतक लगाउनुभएको छ । लिगको इतिहासमा यो दोस्रो सबैभन्दा तेज अद्र्धशतक हो । यसअघि वेष्टइन्डिजका क्रिस गेलले सन् २०१६ मा मेलर्बन रेनिगेड्सको प्रतिनिधित्व गरी एडिलेड स्ट्राइकर विरुद्ध मात्र १२ बलमा अद्र्धशतक पुरा गर्नुभएको छ ।
डेनको अद्र्धशतकको सहयोगमा सिड्नी सिक्सरले एडिलेड स्ट्राइकरमाथि ३८ रनको जित हात पार्यो । डेनले १५ बलमा अद्र्धशतक लगाउँदा सिड्नीले २० ओभरमा पाँच विकेटको क्षतिमा १७७ रनको योगफलसम्म पुग्यो । ३७ वर्षीय डेनले लक्ष्य पछ्याउने क्रममा एडिलेडका लागि विष्फोटक सुरुवात गर्नुभएको फिल साल्टलाई २८ रनमा पेभेलियन फर्काएर बलिंगमा समेत योगदान दिनुभयो । एडिलेड पुरा २० ओभर खेलेपनि सात विकेटको क्षतिमा १३९ रनमा सीमित हुन पुग्यो ।
१२ औं ओभरमा ५८ रन जोडेर तीन विकेट गुमाइसकेको सिड्नी रन जोड्न संघर्षरत रहँदा डेनले विष्फोटक पारी खेल्नुभयो । उहाँले आफ्नो पारीमा पाँच छक्का र चार चौका लगाउनुभयो ।