logo
२०८१ मंसिर ९ आईतवार



तेस्रो टी ट्वान्टीमा पाकिस्तानको जित

खेलकुद |


तेस्रो टी ट्वान्टीमा पाकिस्तानको जित
तस्विर-आउटलुक इन्डिया


गोरखापत्र अनलाइन
काठमाडौं, पुस ७ गते । पाकिस्तानले न्युजिल्याण्ड विरुद्धको तेस्रो तथा अन्तिम टी ट्वान्टी खेल जितेको छ । पहिलो दुई टी ट्वान्टी खेल जितेर न्युजिल्याण्डले यसअघि नै तीन म्याचको श्रृखंला आफ्नो पक्षमा पारिसकेको छ ।
न्युजिल्याण्डले प्रस्तुत गरेको १७४ रनको लक्ष्य पाकिस्तानले खेल सकिन दुई बल बाँकी छँदै छ विकेटको क्षतिमा १७७ रन बनाएर पुरा गर्यो । पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले मात्र ५९ बलमा सर्वाधिक ८९ रनको योगदान गरेर जितको आधार तयार गर्नुभयो । मध्यक्रममा मोहम्मद हफिजले ४१ तथा इफ्तिखार अहमदले १४ रन बनाएर अविजित रहनुभयो ।
न्युजिल्याण्डका लागि टिम साउदी र स्कट्ट कग्गलेजिनले सामान दुई दुई तथा कायल जमीन्सनले एक विकेट लिनुभयो ।
इसअघि नेपियरमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको घरेलु टोलिले पुरा २० ओभर खेल्दै सात विकेटको क्षतिमा १७३ रनको औसत योगफल तयार गर्यो । न्युजिल्याण्डका लागि टिम सैफर्टले ३५ तथा डेभोन कोन्वेले सर्वाधिक ६३ रन बनाउनुभयो । ग्लैन फिलिप्सले ३१ रनको योगदान दिनुभयो ।
पकिस्तानका लागि शाहीन अफ्रिदी र हरिश रौफले सामान दुई दुई तथा फहिम अशरफले तीन विकेट लिनुभयो ।
सैफर्ट प्लेयर अफ द् सेरिज घोषित हुनुभयो । मोहम्मद रिजवान प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?