गोरखापत्र अनलाइन
काठमाडौं, पुस ८ गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले आगामी वर्षको फेब्रुअरी २३ देखि बी डिभिजन लिग सुरु गर्ने तयारी गरेको छ । जारी रहेको बी डिभिजन लिग कोरोना महामारीले गत् वर्ष मार्च १८ देखि अबरुद्ध हुन पुगेको थियो ।
एन्फाले काठमाडौंमा बी डिभिजन खेल्ने क्लबका पदाधिकारीहरुसँग खेल सुरु गर्नेबारे छलफल गरेको छ । छलफलमा क्लबका पदाधिकारीहरुले लिग सुचारु गर्न सकारात्मक प्रतिक्रिया दिएका छन् । सहभागीहरुले लिग सुरु हुँदा आर्थिक पक्ष र स्वास्थ्य सतर्कताबारे एन्फा पदाधिकारी समक्ष जिज्ञासा राखेका थिए । एन्फाका महासचिब इन्द्रमान तुलाधरले पदाधिकारीहरुको जिज्ञासाको जवाब दिनुभयो ।
फुटबल सञ्चालन गर्ने सर्बोच्च निकाय फिफा र एशियाली फुटबल महासंघले प्रतियोगिताका लागि तय गरेको मापदण्ड र स्वास्थ्य सतर्कताका उपायबारे समेत बैठकमा जानकारी गराइएको थियो ।