गोरखापत्र अनलाइन
काठमाडौं, पुस ११ गते । म्यान्चेष्टर सिटीका दुई जना खेलाडी कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । स्ट्राइकर गेब्रेल जिसस र डिफेन्डर कायल वाकरमा सङ्क्रमणको पुष्टि भएको हो ।
जिसस र वाकर प्रिमियर लिग अन्तगर्त आज हुने न्यू कैसल विरुद्धको खेलमा अनुपस्थित रहनेछन् । दुई दिनपछि सिटीले इभर्टन र जनवरी ३ मा चेल्सीको सामना गर्नेछ । जिससलाई बिस्थापित गर्ने सर्जिओ एग्वेरो घुँडाको चोटबाट मुक्त भएपछि मंगलबार १६ मिनेटसम्म खेल्नुभयो ।
ब्राजिली फरवार्ड २३ वर्षीय जिसस जारी सिजनमा चार गोल गर्नुभएको छ । यद्दपी घाईते भएर उहाँ एक महिना मैदान बाहिर हुनुहुन्थ्यो । ३० वर्षीय वाकर दोस्रो रोजाइका खेलाडी हुनुहुन्छ ।
म्यान्चेष्टर सिटी प्रिमियर लिगमा शिर्ष स्थानको लिभरपुलभन्दा आठ अङ्क तल छ ।