logo
२०८१ मंसिर ९ आईतवार



श्रीलङ्का विरुद्धको पहिलो टेष्टमा दक्षिण अफ्रिका विशाल योगफलतर्फ अग्रसर

खेलकुद |


श्रीलङ्का विरुद्धको पहिलो टेष्टमा दक्षिण अफ्रिका विशाल योगफलतर्फ अग्रसर
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १३ गते । श्रीलङ्का विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा दक्षिण अफ्रिका बलियो स्थितिमा पुगेको छ । तेस्रो दिनको खेल जारी रहँदा उसले छ विकेटको क्षतिमा ५४६ रन बनाएको छ । पहिलो पारीमा ऊ १५० रनको अग्रता लिएको छ ।
दक्षिण अफ्रिकाका लागि फाफ डु प्लेसिसले १६५ रन बनाएर अविजित हुनुहुन्छ । उहाँलाई केशव महाराजले ३७ रन बनाएर साथ दिनुभएको छ । ओपनरद्वय डीन एल्गर र एडन मरकर्रमले पहिलो विकेटका लागि १४१ रनको साझेदारी गर्दै दक्षिण अफ्रिकी पारीको बलियो सुरुवात दिलाए । एल्गर ९५ र मरकर्रमले ६८ रन बनाएर पेभेलियन फर्केपछि मध्यक्रममा फाफ डु प्लेसिससले टेम्बा बभुनासँग पाँचौं विकेटका लागि १७९ रनको साझेदारी गर्नुभयो । बभुना ७१ रन बनाएर पेभेलियन फर्किनुभयो ।
श्रीलङ्काका लागि दसुन शनाका र वानिन्डु हसरंगाले सामान दुई दुई तथा भिष्वा फर्नान्डो र लहिरु कुमाराले एक एक विकेट लिए ।
यसअघि सेन्चुरियनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको श्रीलङ्काले ५४ रनमै तीन विकेट गुमाएर कमजोर सुरुवात गर्यो । मध्यक्रममा धनञ्जय डी सिल्भाले ७९, निरोशन डिकवालाले ४९ तथा दसुन शनाकाले ६६ रनको पारी खेलेर श्रीलङ्काको योगफल ३९६ रनको औसत योगफलसम्म पुर्याए ।
अफ्रिकी बलरहरुमा लुथो सिपाम्लाले सर्वाधिक चार विकेट लिनुभयो । वियान मल्डरले तीन तथा लुङ्गि एनगिडी र एनरिक नोर्जेले सामान एक एक विकेट लिए ।
अफ्रिकाका लुथो सिम्पला र श्रीलङ्काका वनिन्डु हसरङ्गाले टेष्ट खेलमा डेब्यु गरेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?