गोरखापत्र अनलाइन
काठमाडौं, पुस १३ गते । दाङको लमहीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा एपीएफले लुम्बिनि विरुद्ध जित हात पारेको छ । तेस्रो खेलमा जित हात पारेको एपीएफले यसअघि नै सेमीफाइनलमा स्थान सुनिश्चित गरिसकेको छ ।
लुम्बिनि प्रदेशलाई एपीएफले आज सम्पन्न दोस्रो खेलमा ६१ रनले हराएको हो । एपीएफले प्रस्तुत गरेको एक सय २३ रनको लक्ष्य लुम्बिनिले निर्धारित २० ओभर खेलेपनि ६१ रन मात्र बनाउन सक्यो ।