logo
२०८१ मंसिर ९ आईतवार



भारत विरुद्धको अन्तिम दुई टेष्टमा जोइ बन्र्स ‘आउट’, वार्नर र पुकोस्की ‘इन’

खेलकुद |


भारत विरुद्धको अन्तिम दुई टेष्टमा जोइ बन्र्स ‘आउट’, वार्नर र पुकोस्की ‘इन’
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १७ गते । भारत विरुद्धको अन्तिम दुई टेष्टका लागि अष्ट्रेलिया टोलिबाट ओपनर ब्याट्सम्यान जोइ बन्र्स बाहिरिनुभएको छ । देवीड वार्नर र विल पुकोस्कीको पुनरागमन भएको छ ।
पहिलो दुई टेष्ट खेलको चार पारीमा बन्र्सले ८, ५१ अविजित, ० र ४ रन बनाउनुभएको थियो । राष्ट्रिय टोलिका चयनकत्र्ता ट्रेभर होनले बन्र्सलाई टोलिबाट मुक्त गरिएको ब्रिसबेन हिटका लागि बिग बैश लिग खेल्ने जनाउनुभयो । जोइ बन्र्स बाहिरिएपछि अभ्यास खेलमा चोट लागेर आराममा रहनुभएका विल पुकोस्की ओपनर ब्याट्सम्यानको रुपमा टोलिमा स्थान सुनिश्चित गर्नुभएको छ ।
देवीड वार्नरलाई टोलिमा बोलाइएपनि उहाँको उपलब्धतालाई लिएर अझै स्पष्ट भइसकेको छैन् । सिन अबोट्टको स्वास्थ्यमा समेत सुधार देखिएकोले उहाँलाई टोलिमा राखिएको छ ।
भारत विरुद्धको तेस्रो टेष्ट खेल हुन अझै एक साता बाँकी रहँदा अष्ट्रेलियाले अन्तिम दुई टेष्टका लागि टोलिको घोषणा गरेको छ । टिम पैनको नेतृत्वमा प्याट्ट क्युमिन्स, क्यामरुन ग्रीन, जोश हयाजलऊड, मार्कस लबुस्ने, मोइजेज हेनरिक्स, ट्राभिस हेड, नाथन लियोन, माइकल नेसर टोलिमा अटाएका छन् ।
जेम्स पेट्टिन्सन, विल पुकोस्की, स्टिभ स्मिथ, मिसेल स्टार्क, मिसेल स्वेप्सन, म्याथ्यु वाडे र देविड वार्नर टोलिमा स्थान सुनिश्चित गरेका छन् । चार म्याचको टेष्ट श्रृखंला दुई टेष्टपछि १–१ को बराबरीमा छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?