logo
२०८१ मंसिर ९ आईतवार



टी नटराजन टेष्ट टोलिमा स्थान पाए, रोहित शर्माको पुनरागमन

खेलकुद |


टी नटराजन टेष्ट टोलिमा स्थान पाए, रोहित शर्माको पुनरागमन
तस्विर-फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १७ गते । तीब्र गतिका बलर टी नटराजन अष्ट्रेलियाा विरुद्धको अन्तिम दुई टेष्टका लागि टोलिमा स्थान सुनिश्चित गर्नुभएको छ । ३० वर्षीय नटराजनले तीब्र गतिका बलर उमेश यादबलाई बिस्थापित गर्नुभएको छ ।
भारतीय टोलि ब्यवस्थापनले अन्तिम दुई टेष्ट खेलका लागि टोलिको घोषणा गर्दा टी नटराजनसँगै अर्का बलर श्रद्धुल ठाकुर र नवदीप सैनीलाई स्थान दिएको छ । टोलिमा तीब्र गतिका बलर जसप्रित बुमराह र मोहम्मद सिराज फिट छन् । उमेश यादबको स्थानमा नटराजन, सैनी वा ठाकुरमध्ये एकले स्थान पाउनेछन् । श्रद्धुल ठाकुर मोहम्मद सामीलाई विस्थापित गर्नुभएको थियो । यद्दपी उहाँले दोस्रो टेष्टमा स्थान पाउनुभएन । नटराजनले टेष्ट क्रिकेटमा डेब्यु गरे सन् २०१४ मा सन्यास लिनुभएका जहीर खानपछि उहाँ भारतको पहिलो देब्रे हातका तीब्र बलर हुनुहुनेछ ।
त्यसैगरी, ओपनर ब्याट्सम्यान रोहित शर्माले समेत आगामी दुई टेष्टका लागि बोलाइएका छन् । भारत र अष्ट्रेलियाबीचको तेस्रो टेष्ट खेल जनवरी सातदेखि सिड्नीमा सुरु हुनेछ । चार म्याचको श्रृखंला दुई टेष्टपछि १–१ को बराबरीको स्थितिमा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?