logo
२०८१ मंसिर ९ आईतवार



बाबर आजम दोस्रो टेष्टबाट पनि बाहिरिए

खेलकुद |


बाबर आजम दोस्रो टेष्टबाट पनि बाहिरिए
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, पुस १८ गते । पाकिस्तान टेष्ट टिमका कप्तान बाबर आजम न्युजिल्याण्ड विरुद्धको दोस्रो टेष्टबाट समेत बाहिरिनुभएको छ । दुई खेलको टेष्ट श्रृखंलाको दोस्रो तथा अन्तिम टेष्ट आइतबारबाट क्राइस्टचर्चमा हुँदैछ ।
आजमको अनुपस्थितिमा मोहम्मद रिजवानले टोलिको नेतृत्व गर्नुहुनेछ । बूढी औंलामा चोटका कारण टी ट्वान्टी श्रृखंला र पहिलो टेष्टमा अनुपस्थित हुनुभएका आजमले क्राइस्टचर्च टेष्टका लागि अभ्यास गरेपनि सामान्य पीडा महसुस गरेकोले दोस्रो टेष्टमा अनुपस्थित हुने पाकिस्तान क्रिकेट टोलिका चिकित्सक सोहैल सलीमले क्रिकइन्फोसँगको कुराकानीमा बताउनुभयो ।
टोलिका महत्वपूर्ण सदस्यसँगै कप्तानको जिम्मेवारीमा रहेका आजमको स्वास्थ्यलाई लिएर कुनै जोखिम लिन नहुने सोहैलले बताउनुभयो । आजमको अनुपस्थितिमा पाकिस्तानले तीन म्याचको टी ट्वान्टी श्रृखंला २–१ ले गुमाउन पुग्यो । पहिलो टेष्ट खेल समेत पाकिस्तानले हारेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?