गोरखापत्र अनलाइन
काठमाडौं, पुस २० गते । लौटारो मार्टिनेजले हयाट्रिक गोल गरेपछि इन्टर मिलानले क्रोटोनमाथि ६–२ को विशाल अन्तरको जित हात पारेको छ । जितसँगै इटाली सिरी ए मा इन्टर मिलानले शीर्ष स्थानको एसी मिलानभन्दा अङ्कतालिकामा दूरी कम गरेको छ । शीर्ष स्थानको एसी मिलानले १५ खेलबाट ३७ अङ्क बटुलेको छ । इन्टरले त्यत्तिकै खेलबाट ३६ अङ्क बटुलेको हो । तेस्रो स्थानको रोमाको ३० र १४ खेलबाट नपोलीले २८ अङ्क बटुलेको हो । क्रिष्टियानो रोनाल्डोको युभेन्ट्सको १४ खेलबाट २७ अङ्क रहेको छ ।
इन्टर मिलानले लगातार आठाँैं जित हात पार्दा एसी मिलानले बेनेभेन्टोमाथि जित हात पारेर शीर्ष स्थान कायम राख्न सफल भयो । रोमेलु लुकाकुले इन्टरका लागि ५० औं गोल पुरा गर्नुभयो । अक्राफ हकिमीले गोल थप्दा लुका मरोनले आत्मघाती गोल गरेर इन्टर मिलानको क्रोटोनमाथि ६–२ को जित सम्भव भयो ।
क्तोटोनका निकोलो जनेलाटोले सुरुवाती गोल गर्नुभयो । भ्लादिमिर गोलेमिकको पेनाल्टीले खेल २–२ को स्थितिमा पुर्यायो । तर मार्टिनेज र लुकाको निर्णायक साबित हुनुभयो । लुकाकुले जारी सिजनमा १२ औं गोल पुरा गर्नुहुँदै सिरी ए मा युभेन्ट्सका क्रिष्टियानो रोनाल्डोको बराबरी गर्नुभयो ।