गोरखापत्र अनलाइन
काठमाडौं, पुस २१ गते । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल साउथहयाम्पटनसँग हार बेहोरेको छ । डेनी इंग्सको दोस्रो मिनेटमा गर्नुभएको गोलको सहयोगले साउथहयाम्पटन लिभरपुलमाथि १–० को जित हात पार्न सफल भयो ।
जर्गन क्लपको लिभरपुल भने लिगमा दोस्रो हार बेहोर्दा गोल अन्तरको आधारमा तालिकाको शीर्ष स्थानमा यथावत छ । दोस्रो स्थानको म्यान्चेष्टर यूनाइटेडको सामान ३३ अङ्क रहेको छ । तर लिभरपुलले १७ खेल खेल्दा यूनाइटेडले १६ र म्यान्चेष्टर सिटीले १५ खेल खेलेको छ । दुबैले बाँकी खेल जित्दा पूर्ब लिग विजेता लिभरपुललाई तल धकेल्न पर्याप्त हुनेछ । पाँचौं स्थानमा रहेको सिटीले १५ खेलबाट २९ अङ्क बटुलेको छ । छैठौं स्थानको साउथहयाम्पटनको २९ अङ्क छ ।
साउथहयाम्पटनले जारी लिगको आफ्नो पाँच खेलमा पहिलो जित हात पारेको छ ।