logo
२०८१ मंसिर १० सोमवार



एक वर्षको प्रतिबन्धपछि शकीब अल हसन बङ्गलादेश टोलिमा फर्किए

खेलकुद |


एक वर्षको प्रतिबन्धपछि शकीब अल हसन बङ्गलादेश टोलिमा फर्किए
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, पुस २१ गते । बङ्गलादेशका चयनकत्र्ताले वेष्टइन्डिज विरुद्धको एकदिवसीय श्रृखंलाका लागि प्रारम्भिक २४ सदस्यीय टोलिको घोषणा गरेको छ । अन्तर्राष्ट्रिय एकदिवसीयमा बङ्गलादेशका लागि सबैभन्दा बढी विकेट लिनुभएका तथा सबैभन्दा लामो समयसम्म बङ्गलादेशका कप्तान रहनुभएका मशरफे बिन मर्तजा टोलिमा अटाउनुभएको छैन् । सन् २००१ म एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गर्नुभएका मर्तजा पहिलो पटक एकदिवसीय टोलिमा स्थान सुनिश्चित गर्न सक्नुभएन ।
सोमबार घोषणा गरिएको टेष्ट र अन्तर्राष्ट्रिय एकदिवसीयको प्रारम्भिक टोलिमा शकीब अल हसनको पुनरागमन भएको छ । म्याच फिक्सिङका लागि बिचौलियाले राखेको प्रस्ताबबारे राष्ट्रिय अनुसन्धान निकायलाई जानकारी नगराएको आरोपमा शकीब अल हसनमाथि एकवर्षको प्रतिबन्ध लगाइएको थियो । शकीब प्रतिबन्धित हुनुअघि बङ्गलादेश क्रिकेट टोलिको टेष्ट र टी ट्वान्टी अन्तर्राष्ट्रियको कप्तान हुनुहुन्थ्यो । पुनरागमनको क्रममा उहाँलाई सदस्यको रुपमा बोलाइएको छ ।
जनवरी २० देखि सुरु हुने गरी बङ्गलादेशले वेष्टइन्डिज विरुद्ध एकदिवसीय श्रृखंलाको पहिलो म्याच खेल्नेछ । कोभिड १९ को महामारी सुरु भए यता बङ्गलादेशको यो पहिलो अन्तर्राष्ट्रिय श्रृखंला हुनेछ ।
एकदिवसीय टोलिका सदस्यहरुमा तामीम इकबाल, तस्किन अहमद, अल अमीन होस्सैन, नजमन होस्सैन, शोरिफुल इस्लाम, मुश्फीक्र रहिम रहेका छन् ।
त्यसैगरी, हसन महमुद, मोहम्मद मिथुन, मोहम्मद सैफुद्दिन, लिटोन दास, मुस्तफिजुर रहमान, महमदुल्लाह, मेहदी हसन मिराज, अफिफ होस्सैन, तैजुल इस्लाम, मोस्द्देक होस्सैन, नसुम अहमद, सौम्य सरकार, परवेज हस्सन, यासिर अलि, महेदी हसन, मोहम्मद नईम र रुबैल होस्सैन छन् ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?