उर्लाबारी समाचारदाता
पथरीशनिश्चरे(मोरङ),पुस २१ गते । मोरङको पथरीशनिश्चरेमा तीन दश देखि बसोवास गर्दै आएका भूटानी शरणार्थीहरूको सङ्गठन (वाईएफसी)ले अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कफ फुटबल प्रतियोगिता २०२१ आयोजना गर्ने भएको छ । २०२१ मा शरणार्थी च्यालेन्ज कफ फुटबल प्रतियोगिता पाँचौं संस्करण हुन लागेको हो ।
पथरीमा पत्रकार सम्मेलन गर्दै वाईएफसीले यसअघि नेपाल ,भारत, भूटान र बंगलादेशका खेलाडीहरू सहभागी हुने गरेको प्रतियोगितामा यो वर्ष नेपाल र भूटानका खेलाडी मात्र सहभागी हुने जानकारी गराएको छ । प्रतियोगितामा १४ वटा फुटबल टिमले प्रतिस्पर्धा गर्नेछन् । शरणार्थी शिविरबाट पुनर्वासमा तेस्रो मुलुक गएका नेपाली भूटानीहरूको सौजन्यमा प्रतियोगिताको आयोजना हुन लागेको वाइएफसीका अध्यक्ष करण राईले बताउनुभयो ।
राईका अनुसार प्रतियोगितामा काकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा ,पथरीशनिश्चरे फुटबल क्लब,बिन्ध्यवासिनी फुटबल क्लब विराटनगर,वीवाईसी बेलडाँगी झापा,फेयर फुटबल क्लव धरान,बेलबारी फुटबल क्लब बेलबारी,वाईएफसी पथरी र योङ ब्रदर्स फुटबल क्लबले प्रतियोगितामा भाग लिनेछन् । यस्तै नवोदय फुटबल क्लब पथरीशनिश्चरे,उर्लाबारी, फुटबल क्लब,धरान सिटी एकाडेमी,फेन्स क्लब भूटान,वाईएफसी पथरी (ए) र लेटाङ फुटबल क्लबले प्रतियोगितामा सहभागिता जनाउने भएकाछन् ।
प्रतियोगिताका बिजेतालाई एक लाख एक हजार रुपियाँ नगदसहित ट्रफी र प्रमाणपत्र एवं उप विजेतालाई ५१ हजार रुपियाँ नगद र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितालाई तत्कालीन भूटानी शरणार्थी शिविरका सेक्टर (आई) का प्रमुख कृष्ण सोक्तेन राईले गर्नुहुने भएको छ । राई हाल अमेरिकामा हुनुहुन्छ । प्रतियोगिता आयोजना गर्न १२ लाख रुपियाँ खर्च हुने अनुमान गरिएको छ ।
माघ २ गते बाट पथरीशनिश्चरेस्थित रङ्गशालामा हुने प्रतियोगितालाई पुनर्वासमा गएका नेपाली शरणार्थीहरू कार्यरत इन्टरनेश्नल वेलफेयर एण्ड सपोर्ट,गौतम एरी इन्सुरेन्स,इन्टरनेश्नल होम केयर,अमेरिकेयर हेल्थ सर्भिस लिङ्कले सपोर्ट गर्ने भएका छन् ।