logo
२०८१ मंसिर १० सोमवार



अनिल मण्डलको ८९ रनको पारीमा त्रिभुवन आर्मीको कर्णालीमाथि जित

खेलकुद |


अनिल मण्डलको ८९ रनको पारीमा त्रिभुवन आर्मीको कर्णालीमाथि जित
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ४ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको चौथो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ८० रनले हराएको छ । त्रिभुवन आर्मीले प्रस्तुत गरेको १९६ रनको लक्ष्य पछ्याउँदै कर्णाली प्रदेश ११५ रनमा समेटिन पुग्यो ।
औसत लक्ष्य पछ्याउने क्रममा ६१ रनमा मात्र तीन विकेट गुमाएको कर्णालीले थप ५४ रन जोड्न सात विकेट गुमाउन पुग्दा हार बेहोर्नुपर्यो । उसको पारीमा कप्तान रबिन्द्र शाहीले बनाउनुभएको ३० रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । ओपनर हेमन्त ओलीले १६ तथा दिनेश अधिकारीको १२ रन अतिरिक्त उसको पारीका सात जना ब्याट्सम्यानले दोहोरा योगफल समेत छुन सकेनन ।
त्रिभुवन आर्मीका लागि सुशन भारीले चार, साहब आलमले तीन, रोहित पौडेलले दुई तथा हरि चौहानले एक विकेट लिए । त्रिभुवन आर्मीका प्रमुख बलर जितेन्द्र मुखिया विकेटविहीन बन्न पुगेपनि छ ओभरमा दुई मेडन राख्दै मात्र १६ रन खर्चिनुभयो । सुशनले आठ ओभर ३ बलमा मात्र १९ रन खर्चेर चार विकेट लिनुभयो ।
यसअघि मूलपानी क्रिकेट ग्राउन्डमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको त्रिभुवन आर्मीले ओपनर अनिल मण्डलको ८९ रनको पारीको सहयोगमा औसत योगफलसम्म पुग्न सफल भयो । मण्डलले ११४ बलमा १४ चौकासहित ८९ रनको पारी खेल्नुभयो । मध्यक्रममा कप्तान बिनोद भण्डारीले ४१ रनको पारी खेल्नुभयो । ४२ रनमै तीन विकेट गुमाएको त्रिभुवन आर्मीको पारीलाई उकास्न अनिल मण्डलले चौथो विकेटका लागि कप्तान भण्डारीसँग ११५ रनको साझेदारी गर्नुभयो । राजेश पुलामीले १६ तथा लोकेश बलमे १३ रनको योगदान दिए ।
कर्णालीका लागि दिनेश अधिकारी, राज शाह, दिवान पुनले सामान दुई दुई तथा अनुज चुनारा, यूनिश सिंह र रबिन्द्र शाहीले सामान एक एक विकेट लिए ।
अनिल मण्डल प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?