गोरखापत्र अनलाइन
काठमाडौं, माघ ५ गते । अष्ट्रेलियाले भारतविरुद्धको चौथो, अन्तिम तथा निर्णायक टेष्ट खेलमा ३२८ रनको लक्ष्य प्रस्तुत गरेको छ । वर्षाले खेल अबरुद्ध हुनुअघि भारतले बिना कुनै क्षतिमा चार रन जोडेको छ । पाँचौं तथा अन्तिम दिनको खेल भारतले चार रनबाट अगाडि बढाउनेछ । भारतका लागि रोहित शर्मा चार तथा शुभमन गिलले दिनको खेल अगाडि बढाउनेछन् ।
त्यसअघि ब्रिसबेनमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको अष्ट्रेलियाले आफ्नो पहिलो पारीमा ३६९ रनको औसत योगफल तयार गरेको थियो । मार्नस लबुस्नेले शतकीय पारी खेल्दै १०८ रन बनाएपछि अष्ट्रेलियाले औसत योगफल तयार गर्न सफल भयो । उसको पारीमा म्याथ्यु वाडेले ४५ तथा टिम पैनले ५० रनको पारी खेल्नुभयो ।
भारतका लागि टी नटराजन, श्रद्धुल ठाकुर र वाशिंगटन सुन्दरले सामान तीन तीन तथा मोहम्मद सिराजले एक विकेट लिए ।
पहिलो पारीमा १८६ रनमै छ विकेट गुमाएर कमजोर प्रदर्शन गरेको भारतका लागि पुछारका ब्याट्सम्यानहरुले उत्कृष्ट पारी खेलेपछि उसले तीन सयको योगफल कटाउन सफल भयो । भारतले दोस्रो पारीमा ३३६ रनको योगफल तयार गर्यो । वाशिंगटन सुन्दरले आफ्नो डेब्यु टेष्टमै अर्धशतकीय पारी खेलेर भारतको योगफल तीन सयमाथि पुर्याउनुभयो । श्रद्धुल ठाकुरले समेत डेब्यु टेष्टमै अर्धशतक लगाउनुभयो । उहाँले ६७ रनको योगदान दिनुभयो । दुबैजनाले सातौं विकेटका लागि १२३ रनको साझेदारी गर्नुभयो । उक्त साझेदारी भारतीय पारीको सबैभन्दा ठूलो साझेदारी हुन पुग्यो ।
ओपनर रोहित शर्माले ४४ तथा चेतेश्वर पूजाराले २५, अजिन्क्यै रहानले ३७ तथा मयन्क अग्रवालले ३८ रनको पारी खेले ।
अष्ट्रेलियाका लागि जोश हयाजलऊडले सर्वाधिक पाँच, मिसेल स्टार्क र प्याट्ट क्युमिन्सले सामान दुई तथा नाथन लियोनले एक विकेट लिनुभयो ।
जवाफमा अष्ट्रेलियाले आफ्नो दोस्रो पारीमा २९४ रनको औसत योगफल तयार गर्दा भारतले ३२८ रनको लक्ष्य पाएको हो । अष्ट्रेलियाका लागि स्टिभ स्मिथले ५५, देविड वार्नरले ४८ तथा अर्का ओपनर मार्कस हयारिसले ३८ रनको योगदान दिए । भारतका लागि मोहम्मद सिराजले सर्वाधिक पाँच तथा श्रद्धुल ठाकुरले चार र वाशिंगटन सुन्दरले एक विकेट लिए ।
चार म्याचको श्रृखंला १–१ को बराबरीमा छ ।