logo
२०८१ मंसिर १० सोमवार



विराटनगर दोस्रो चरणमा प्रवेश गर्दा भूटनिज युथ क्लब घर फर्कियो

खेलकुद |


विराटनगर दोस्रो चरणमा प्रवेश गर्दा भूटनिज युथ क्लब घर फर्कियो


उर्लाबारी समाचारदाता
पथरीशनिश्चरे(मोरङ), माघ ५ गते । विराटनगरले भूटानी शरणार्थीको टोली भूटनीज युथ क्लब बेलडाँगीलाई २–१ गोलले हराएको छ ।
मोरङको पथरी शनिश्चरेस्थित भूटानी शरणार्थी रङ्गशालामा भएको खेलमा सुरुदेखि अन्त्यसम्म विराटनगरले भूटनिज युथलाई दवावमा राखेको थियो । यद्यपि विराटनगरले गोलको खाता खोल्न ३४ मिनेट कुर्नुपरेको थियो । ३४ औं मिनेटमा सुनील खड्काको पासलाई सदुपयोग गर्दै विराटनगरका लागि आशिष चौधरीले पहिलो गोल गर्नुभयो । आशिष खवासको पासमा विराटनगरका सुनील खड्काले खेलको ५४ औं मिनेटमा गोल गर्दै गोल अन्तर दोब्बर बनाउनुभयो । भूटानका गोलरक्षक पूर्ण चेम्जोङले पञ्च गरी बचाउ गरे पनि पुर्नप्रहार गर्दै सुनीलले टिमलाई २–० को अवस्थामा पु¥याउनुभएको हो ।
निर्धारित ७० मिनेटको खेल सकिएपछि थपिएको अतिरिक्त समयमा भूटानका लागि विक्रम राईले सान्त्वना गोल फकार्ए पनि भूटानको जीतका लागि उक्त गोल प्रर्याप्त भएन । आइतबारको खेलमा विराटनगरका अशोक खवासले म्यान अफ द म्याच घोषित हुँदै २ हजार ५ सय नगदसहित ट्रफी प्राप्त गर्नुभयो । सोमबार धरान सिटी एकेडेमी र बेलडाँगी फ्यान्स क्लबबीच खेल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?