logo
२०८१ मंसिर १० सोमवार



लगातार तीन हारपछि होबर्ट हुरिकेन्सको जित

खेलकुद |


लगातार तीन हारपछि होबर्ट हुरिकेन्सको जित
तस्विर–फाइल


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ५ गते । अष्ट्रेलियामा जारी बिग बैश लिगमा होबर्ट हुरिकेन्सले लगातार तीन खेलमा हारपछि जित हात पारेको छ । लिगको ४३ औं खेलमा सिड्नी थन्डरलाई उसले छ विकेटले हराएको छ । दशमध्ये पाँच खेलमा मात्रै जित हात पारेर होबर्ट अङ्कतालिकामा पूछारभन्दा एक स्थान माथि रहेकोमा सिड्नीमाथि जितसँगै चौथो स्थानमा उक्लिएको छ ।
सिड्नीले प्रस्तुत गरेको १७८ रनको लक्ष्य होबर्टले खेल सकिन दुई ओभर बाँकी छँदै मात्र चार विकेटको क्षतिमा १८१ रन बनाएर पुरा गर्यो । औसत लक्ष्य पछ्याउने क्रममा १३ रनमै दुई विकेट गुमाएर कमजोर सुरुवात गरेको होबर्टका लागि बेन्न म्याकडरमेटले ९६ रनको विष्फोटक पारी खेल्दै टोलिलाई जित नजिक पुर्याउनुभयो । उहाँले मात्र ५६ बलमा आठ चौका र पाँच छक्काको सहयोग ९६ रन जोड्नुभयो । तेस्रो विकेटका लागि उहाँले देविड मलानसँग १०९ रनको साझेदारी गर्नुभयो । मलान ४२ रन बनाएर पेभेलियन फर्किनुभयो । कप्तान पिटर हयाण्ड्सकम्बले २१ र टिम देविडले सात रन बनाएर अविजित रहे ।
सिड्नीका लागि तनबीर साँघाले सर्वाधिक दुई तथा एडम मिल्ने र नाथन म्याकएन्ड्रयुले सामान एक एक विकेट लिए ।
त्यसअघि, टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको सिड्नी थन्डरले पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १७७ रनको औसत योगफल तयार गर्यो । उसको पारीमा साम विलिंग्सले सर्वाधिक ५० रन बनाउनुभयो । क्यालम फरगुसनले २३ तथा एलेक्स हल्सले २९ रन बनाए । अर्का ओपनर उसमान खवाजाले २७ रन बनाउनुभयो ।
होबर्टका लागि स्कट्ट बोलन्डले सर्वाधिक चार र नाथन एलिसले एक विकेट लिए । सन्दीप लामिछानेले चार ओभरमा २८ रन खर्चेपनि विकेटविहीन बन्न पुग्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?