logo
२०८१ मंसिर १० सोमवार



इंग्ल्याण्डविरुद्धको शृंखलामा विराट र इशान्त फर्किने

खेलकुद |


इंग्ल्याण्डविरुद्धको शृंखलामा विराट र इशान्त फर्किने
तस्विर-एएफपी


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ६ गते । इंग्ल्याण्डविरुद्धको घरेलु श्रृखंलाको पहिलो दुई टेष्टका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले टोलि घोषणाको तयारी गरेको छ । दर्शकको अनुपस्थितिमा आगामी फेब्रुअरीदेखि सुरु हुने गरी चार टेष्ट खेल अन्तगर्तको पहिलो दुई टेष्टका लागि टोलि घोषणाको तयारी गरिएको हो ।
बीसीसीआई मातहातको चयन समितिको मंगलबार बैठक बस्दैछ । चेतन शर्मा अध्यक्ष रहेको समितिमा सुनिल जोशी, अबे कुरुभिल्ला, देबाशिष पाण्डे र हरविन्दर सिंह सदस्यहरु छन् ।
इंग्ल्याण्डविरुद्धको टेष्टमा नियमित कप्तान विराट कोहली फर्किने अनुमान गरिएको छ । अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट खेलमा कोहली नेतृत्वको भारतीय टोलीले लज्जास्पद हार बेहोरेको थियो । कोहलीले पहिलो सन्तानको जन्मलाई लिएर पूर्ब नै विदा स्वीकृत गराएकोले बाँकीको तीन टेष्टमा अनुपस्थित हुनुभएको थियो ।
आईपीएलमा खुट्टामा चोट आएपछि अष्ट्रेलिया विरुद्धको शृंखलामा अनुपस्थित भएका तीब्र गतिका बलर इशान्त शर्माको समेत पुनरागमन हुने भएको छ । टोलिमा भारतले चार वा पाँच जना तीब्र गतिका बलर राख्ने अझै अन्योल छ । जसप्रित बुमराह, श्रद्धुल ठाकुर, मोहम्मद सिराज र टी नटराजनले स्थान पाउने सम्भाबना छ । बुमराहलाई ब्रिसबैन टेष्टमा आराम दिइएको थियो ।
अर्का तीब्र गतिका बलर भुवनेश्वर कुमारले समेत स्थान पाउने बताइएपनि उहाँलाई लामो समयसम्म बलिंग अभ्यास गर्न सुझाइएको छ । इन्डियन प्रिमियर लिगमै घाइते हुन पुगेका उमेश यादब र मोहम्मद सामीलाई पहिलो दुई टेष्टका लागि आराम दिइने बताइएको छ । दुबैजना पूर्ण स्वास्थ्य भएपछि अन्तिम दुई टेष्टका लागि बोलाइनेछन् ।
टोलीमा तीन जना स्पिनरले स्थान पाउनेछन् । रबिचन्द्रन आश्विन पहिलो रोजाइमा हुनुहुन्छ । औलामा चोट लागेर अष्ट्रेलियाविरुद्धको तेस्रो टेष्टबाट बाहिरिन पुगेका रबिन्दर जडेजा पहिलो दुई टेष्टमा अनुपस्थित रहनुहुनेछ । उहाँको स्थानमा कुलदीप यादब वा शहबाज नदीमले स्थान पाउनेछन् । ब्रिसबैन टेष्टमा आराम दिइएका रबिचन्द्रन आश्विनको स्थानमा टोलिमा अटाएका वाशिंगटन सुन्दर समेत पहिलो प्राथमिकतामा रहने बताइएको छ ।
ओपनर ब्याट्सम्यानको रुपमा शुभमन गिल र रोहित शर्माको जोडी यथावत रहनेछ । मयन्क अग्रवाल यथावत रहने सम्भावना बढी छ । पृथ्वी शा टोलीबाट बाहिरिनुहुने सम्भाबना बढी छ । चयनकर्ताले प्रियान्क पञ्चाल वा अभिमन्यू इसवरणमध्ये एकजनालाई चौथो ओपनर ब्याट्सम्यानको रुपमा सहभागी गराउन सक्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?