logo
२०८१ मंसिर १० सोमवार



नेपाल पुलिसको सुदूरपश्चिममाथि नौ विकेटको जित

खेलकुद |


नेपाल पुलिसको सुदूरपश्चिममाथि नौ विकेटको जित
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ७ गते । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले सुदूरपश्चिममाथि नौ विकेटको जित हात पारेको छ । सुदूरपश्चिमले प्रस्तुत गरेको १११ रनको लक्ष्य नेपाल पुलिसले मात्र १७ ओभर खेल्दै एक विकेटको क्षतिमा पुरा गर्यो ।
नेपाल पुलिसको जितमा ओपनरद्वय सुनिल धमला र कुशल भुर्तेलले पहिलो विकेटका लागि ९७ रनको उत्कृष्ट साझेदारी गरे । दुबैजनाले अद्र्धशतकीय पारी खेले । सुनिल धमलाले ५३ र कुशल भुर्तेलले ५१ रन बनाएर अविजित रहे । अमित श्रेष्ठ एक रन बनाएर अविजित रहनुभयो ।
सुदूरपश्चिमका लागि हेमन्त धामीले एक विकेट लिनुभयो ।
यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा टस हारेर पहिला ब्याटिंग गर्ने निम्ता पाएको सुदूरपश्चिमले ३३ ओभर एक बलमा ११० रनमा समेटिन पुग्यो । खाता नखोल्दै पहिलो विकेट गुमाएको सुदूरपश्चिमका लागि ओपनर खडक बोहराले सञ्जु धामीसँग दोस्रो विकेटका लागि ८० रनको साझेदारी गरेर पारी उकास्नुभयो । बोहराले ४० र विकेटकीपर ब्याट्सम्यान धामीले ३५ रनको पारी खेल्नुभयो । तर ३० रन जोडदा बाँकीको आठ विकेट गुमाएपछि सुदूरपश्चिमले ३३ ओभरमा ११० रनमा समेटिन पुग्यो । सुदूरपश्चिमका छ जना ब्याट्सम्यान डक आउट हुन पुगे ।
सुदूरपश्चिमलाई सस्तोमै समेटन सागर ढकाल र दिपेन्द्रसिंह ऐरीले सामान चार चार विकेट लिए । सागरले दश ओभरमा तीन मेडन राख्दै मात्र १८ रन खर्चेर चार विकेट लिनुभयो । ऐरीले छ ओभर एक बलमा दुई मेडन राख्दै दश रन खर्चेर चार विकेट लिनुभयो ।
सागर ढकाल प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?