logo
२०८१ मंसिर १० सोमवार



सडन डेथमा बेलबारीको जित

खेलकुद |


सडन डेथमा बेलबारीको जित


उर्लाबारी समाचारदाता
पथरी शनिश्चरे(मोरङ),माघ ७ गते । फेयर फुटबल क्लब धरानलाई सडन डेथमा १–० ले पराजित गर्दै बेलबारी फुटबल क्लब शरणार्थी च्यालेन्ज कप फुटबल प्रतियोगिता २०२१ को क्वाटरफाइनलमा प्रवेश गरेको छ । मोरङको पथरी शनिश्चरेस्थित भूटानी शरणार्थी रङ्गशालामा भएको खेलमा निर्धारित समय र टाईब्रेकरमा खेलको अन्तिम निर्णय हुन नसकेपछि सडन डेथबाट खेलको टुङ्गो लगाइएको हो । निर्धारित समय गोलरहित बराबरीमा सकिएको थियो भने टाईब्रेकरमा दुबै टोलीले ३–३ गोल गरेका थिए ।
सडन डेथमा बेलबारीका अन्जन राईले पहिलो प्रहार नै गोलमा परिणत गर्नुभयो भने धरानका सुसन लामिछानेको प्रहार बेलबारीका गोलरक्षक अभिषेक बरालले बचाउ गर्दै टोलीलाई जित दिलाउनुभयो । तीन वटा पेनाल्टी प्रहार बचाउ गर्नुभएका बेलबारीका गोलरक्षक अभिषेक बराल म्यान अफ द म्याच घोषित हुनुभयो । यस अघि टाईब्रेकरमा फेयर क्लब धरानका नेपु तामाङ,निमन लिम्बू र साजन राईले गोल गर्नुभयो । धरानका अनिल धामी र दिवस राईको प्रहार बेलबारीका गोल रक्षक अभिषेक बरालले बचाउ गर्नुभयो ।
उता बेलबारीका राजकुमार राई विवेक पौडेल र विल्सन गिरीको प्रहार गोलमा परिणत भयो भने कासीम राईले मैदान बाहिर प्रहार गर्नुभयो । मौसम लिम्बूको प्रहार धरानका गोलरक्षक विष्णु चौधरीले नियन्त्रणमा लिनुभयो ।
बुधबार आयोजक बीवाईसी फुटबल क्लब र लेटाङ फुटबल क्लबबीच खेल हुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?