logo
२०८१ मंसिर १० सोमवार



इंग्ल्याण्ड विरुद्धको पहिलो दुई टेष्टका लागि भारतीय टोलिको घोषणा

खेलकुद |


इंग्ल्याण्ड विरुद्धको पहिलो दुई टेष्टका लागि भारतीय टोलिको घोषणा
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ७ गते । भारतले इंग्ल्याण्ड विरुद्धको पहिलो दुई टेष्ट खेलको लागि १८ सदस्यीय टोलिको घोषणा गरेको छ । टोलिका अधिकांश सदस्यहरु अष्ट्रेलिया विरुद्धको श्रृखंला जित्न भारतको प्रतिनिधित्व गरेका सदस्यहरु नै छन् ।
हार्दिक पाण्ड्या र देब्रे हाते स्पिनर अक्षर पटेलको टोलिमा पुनरागमन भएको छ । मंगलबार बसेको चयनकत्र्ता समितिको बैठकले अष्ट्रेलिया विरुद्धको पहिलो टेष्ट खेलेर स्वदेश फर्किनुभएका नियमित कप्तान विराट कोहलीसँगै तीब्र गतिका बलर इशान्त शर्माको पुनरागमन भएको छ । शर्मा भारतीय अलराउण्डर कपिल देबपछि एक सय टेष्ट क्रिकेट खेल्नुहुने दोस्रो तीब्र गतिका बलर बन्नुहुनेछ । उहाँले हालसम्म ९७ टेष्ट म्याच खेल्नुभएको छ ।
इशान्त शर्मासँगै भारतीय टोलिमा तीब्र गतिका बलर जसप्रित बुमराह, मोहम्मद सिराज, श्रद्धुल ठाकुर समेत अटाएका छन् । ठाकुर र सिराज अष्ट्रेलिया विरुद्धको श्रृखंलामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएको थियो । अर्का तीब्र गतिका बलर टी नटराजनलाई भने आराम दिइएको छ । अष्ट्रेलिया विरुद्धको चार म्याचको टेष्ट श्रृखंलाको अन्तिम टेष्टमा उत्कृष्ट प्रदर्शन गर्नुभएका वाशिंगटन सुन्दर भने टोलिमा अटाउन सक्नुभएन ।
स्पिन बलिङ आक्रमणमा भारतले तेस्रो स्पिनरलाई समेत स्थान दिएको छ । रबिन्दर जडेजाको अनुपस्थितिमा अक्षर पटेललाई उक्त जिम्मेवारी दिइएको छ । रबिचन्द्रन आश्विन र कुलदीप यादबसँगै पटेल १८ सदस्यीय टोलिमा स्थान बनाएका छन् ।
रोहित शर्मा, शुभमन गिल र मयन्क अग्रवाललाई ओपनर ब्याट्सम्यानको रुपमा टोलिमा स्थान दिइएको छ । मध्यक्रममा चेतेश्वर पूजारा, विराट कोहली, अजिन्क्यै रहाने, ऋषभ पन्त, ऋधिमन साहा, हार्दिक पाण्डया, करण लोकेश राहुल रहनेछन् । यद्दपी केएल राहुल दोस्रो टेष्टमा मात्रै खेल्न पाउनुहुनेछ ।
इंग्ल्याण्डले फेब्रुअरी पाँचदेखि घरेलु टोलि विरुद्धको चार म्याचको टेष्ट श्रृखंलाको पहिलो टेष्ट खेल्नेछ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?