logo
२०८१ मंसिर १० सोमवार



वालिङ र बिराटनगरले बराबरी खेल्यो

खेलकुद |


वालिङ र बिराटनगरले बराबरी खेल्यो
तस्विर-एन्फा


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ८ गते । वालिङ नगरपालिका र बिराटनगर महानगरपालिकाबीचको महिला फुटबल खेल १–१ को बराबरीमा सम्पन्न भएको छ । राष्ट्रिय महिला लिग अन्तगर्त बिहीबार सम्पन्न खेलमा वालिङ र बिराटनगरले बराबरी खेलेको हो ।
खेल सुरु भएको दोस्रो मिनेटमै वालिङका लागि सम्झना शर्माले गोल गर्दै सुरुवाती अग्रता दिलाउनुभयो । उहाँले हिमा रावतको कर्नर किकलाई गोलको दिशा दिनुभयो । बराबरी गोलका लागि बिराटनगरले खेलको ६८ औं मिनेटसम्म कुर्नुपर्यो । भारतीय खेलाडी आशा कुमारीको फ्रि किक गोलमा परिणत भएपछि बिराटनगरले खेल १–१ को बराबरीमा पुर्यायो ।
शुक्रबारका लागि निर्धारित एक मात्र खेलमा चौदन्डीगढी नगरपालिकाले नेपाल पुलिस क्लबको सामना गर्नेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?