logo
२०८१ मंसिर १० सोमवार



प्रदेश २ द्वारा बागमती समक्ष १८० रनको लक्ष्य प्रस्तुत, बिवेक यादबको लगातार दोस्रो अद्र्धशतक

खेलकुद |


प्रदेश २ द्वारा बागमती समक्ष १८० रनको लक्ष्य प्रस्तुत, बिवेक यादबको लगातार दोस्रो अद्र्धशतक
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ९ गते । प्रदेश २ ले बागमती समक्ष १८० रनको लक्ष्य प्रस्तुत गरेको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको १४ औं खेलमा प्रदेश २ ले प्रतियोगिताका सशक्त टोलि बागमती समक्ष १८० रनको लक्ष्य प्रस्तुत गरेको हो ।
१२२ रनमा आठ विकेट गुमाएको प्रदेश २ का लागि ९ औं नम्बरका ब्याट्सम्यान बिवेक यादबले पुनः एकपटक उत्कृष्ट पारी खेल्दै टोलिलाई सामान्य योगफलसम्म अग्रसर गराउनुभयो । उहाँले ९ औं विकेटका लागि कुमार थापासँग ३६ रनको साझेदारी गर्नुभयो । बिवेकले ७४ बलमा तीन चौका र तीन छक्काको सहयोगमा ६६ रनको पारी खेल्नुभयो । बिवेकले लुम्बिनि विरुद्धको खेलमा समेत ५१ रनको उत्कृष्ट पारी खेल्नुभएको थियो । कुमार थापाले ३१ बलमा २२ रन बनाउनुभयो ।
ओपनर सुधीर चौधरी र हरिशंकर साह तथा मध्यक्रममा रबि सिंह, विशाल सुश्लिङ, विकेटकीपर हिमांशु दत्त र कप्तान सूरज कुर्मी लगातार दोस्रो खेलमा समेत निराशाजनक प्रदर्शन गरे ।
बागमतीका लागि गौतम केसीले सर्वाधिक चार तथा रामनरेश गिरीले दुई एवम् नन्दन यादब, तिलक भण्डारी, बिपीन आचार्यले एक एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?