हरिप्रसाद कोइराला
पथरीशनिश्चरे(मोरङ), माघ १० गते। नवोदय फुटबल क्लब पथरीशनिश्चरे पाँचौं अन्तर्राष्ट्रिय आमन्त्रण शरणार्थी च्यालेन्ज कफ फुटबल प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ । नवोदयले फाइनल प्रवेशका लागि आयोजक वाईएफसीसँग खेल्नु पर्नेछ ।
धरान सिटी एकेडेमीलाई १–० गोलले पराजित गर्दै नवोदयले सेमीफाइनलको यात्रा तय गरेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलको १२ औं मिनेटमा नवोदयका दीपक राईले फ्रिकिक मार्फत गर्नु भएको गोल नै आजको खेलमा निर्णायक बन्यो । आजको खेलमा निर्णायक गोलकर्ता नवोदयका दीपक राई म्यान अफ द म्याच घोषित हुनु भयो । उहाँलाई दुई हजार ५ सय रुपियाँ सहित ट्रफि प्रदान गरियो ।
भूटानी शरणार्थीहरूको संगठन वाईएफसीले आयोजना गरेको शरणार्थी च्यालेन्ज कप अन्तरगत शनिबार दूधे फुटबल क्लब झापा र विराटनगर फुटबल क्लव बीच खेल हुनेछ ।