logo
२०८१ मंसिर १० सोमवार



चेन्नई टेष्ट दर्शकको अनुपस्थितिमा हुने

खेलकुद |


चेन्नई टेष्ट दर्शकको अनुपस्थितिमा हुने
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १० गते । इंग्ल्याण्ड र भारतबीच चेन्नईमा हुने पहिलो टेष्ट खेल दर्शकको अनुपस्थितिमा हुने भएको छ । तामीलनाडू क्रिकेट संघले आफ्ना सदस्यहरुलाई दुई राष्ट्रबीचका लागि निर्धारित एमए चिदम्बरम रङ्गशालामा हुने खेलमा भिड जमा गर्ने अनुमति नपाउने जानकारी गराएपछि खेल दर्शकको अनुपस्थितिमा हुने सम्भाबना बढेको हो ।
भारत सरकारले भने घरबाहिर हुने खेल कुल क्षमताको ५० प्रतिशत दर्शक राखेर खेलाउन सकिने निर्देशन जारी गरेपनि तामीलनाडू संघको यसप्रकारको निर्देशन जारी गरेको हो । इंग्ल्याण्ड विरुद्धको चार म्याचको टेष्ट श्रृखंलाको पहिलो दुई टेष्ट खेल चेन्नईमा हुने निर्धारण गरिएको छ । पहिलो टेष्ट खेल फेब्रुअरी पाँचदेखि नौ सम्म खेलाइनेछ भने दोस्रो टेष्ट खेल १३ फेब्रुअरीदेखि १७ सम्म खेलाइनेछ ।
भारतीय क्रिकेट कन्ट्रोल बोर्ड(बीसीसीआई)ले समेत खेलाडीको स्वास्थ्य सुरक्षामा जोखिम उत्पन्न हुने कुनै गतिबिधि नगरिने प्रष्ट्याइसकेको छ ।
अन्तिम दुई टेष्ट खेल दिवा रात्री खेलाइनेछ । जस अन्तगर्त तेस्रो टेष्ट खेल फेब्रुअरी २४ देखि २८ सम्म र चौथो तथा अन्तिम टेष्ट खेल मार्च ४ देखि आठसम्म खेलाइने तालिका रहेको छ ।
इंग्ल्याण्डले भारत भ्रमण गर्दा पाँच म्याचको टी ट्वान्टी श्रृखंला पनि खेल्नेछ । उक्त श्रृखंलाका सबै खेल अहमदाबादमा हुने तय गरिएको छ । त्यसैगरी, पाहुना टोलिले तीन म्याचको एकदिवसीय श्रृखंला समेत खेल्नेछ । एकदिवसीय श्रृखंलाको तीनवटै खेल पूर्णका लागि निर्धारण गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?