logo
२०८१ मंसिर १० सोमवार



प्रदेश २ को मध्यक्रम पुनः धराशायी, सुदूर पश्चिमविरुद्ध १९५ मा समेटियो

खेलकुद |


प्रदेश २ को मध्यक्रम पुनः धराशायी, सुदूर पश्चिमविरुद्ध १९५ मा समेटियो
तस्विर-क्यान


गोरखापत्र अनलाइन
काठमाडौं, माघ ११ गते । प्रदेश २ को मध्यक्रम लगातार तेस्रो पटक धराशायी भएको छ । प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गतकाे आफ्नो तेस्रो खेलमा सुदूर पश्चिमविरुद्ध प्रदेश २ ले ५० ओभर समेत खेल्न सकेन । सुदूर पश्चिमविरुद्ध प्रदेश २ मात्र ४२ ओभरमा १९५ रनको सामान्य योगफलमा समेटिन पुग्यो ।
प्रतियोगिताको तीन वटै खेलमा कमजोर प्रदर्शन गर्नुभएका ओपनर सुधीर चौधरी लगातार तेस्रो खेलमा समेत एक रनमा पेभेलियन फर्किनुभयो । अर्का ओपनर हरिशंकर साहले ६० रनको उत्कृष्ट पारी खेल्नुभयो । रबि शाह डक आउन हुन पुग्नुभयो । कप्तान सुरज कुर्मी पनि लगातार कमजोर प्रदर्शन गर्नुभएको छ । तेस्रो खेलमा उहाँले मात्र सात रन बनाउनुभयो । विशाल सुश्लिङगले सात रन बनाएर पेभेलियन फर्किनुभयो । यसअघिको दुई खेलमा पुछारमा आएर लगातार दुई अर्धशतक लगाउनुभएका विवेक यादवले तेस्रो खेलमा पाँचौं नम्बरमा ब्याटिङ गर्ने अबसर पाउनुभयो । मात्र ५२ बलमा दुई चौका र तीन छक्कासहित विवेकले ४१ रनको पारी खेलेर टोलीको योगफल सात विकेटको क्षतिमा १६८ रनसम्म पुर्याउनुभयो । महबुब आलमले २६ बलमा दुई चौका र दुई छक्कासहित २३ रनको पारी खेल्नुभयो ।
सुदूरपश्चिमका लागि शेर मल्ल र नरेन्द्र साउदले सामान तीन तीन विकेट लिए । अरुण ऐरीले दुई तथा हेमन्त धामी र भोजराज भट्टले एक एक विकेट लिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?