गोरखापत्र अनलाइन
काठमाडौं, माघ १३ गते । बङ्गलादेश क्रिकेटका अलराउन्डर शकीब अल हसनको तिघ्रामा चोट लागेको छ । वेष्टइन्डिज विरुद्धको तेस्रो अन्तर्राष्ट्रिय एकदिबसीय खेलमा शकीब चोटग्रस्त हुन पुगेका हुन् ।
वेष्टइन्डिज विरुद्ध बलिङको क्रममा शकीब आफ्नो पाँचौं ओभर बलिङ गरिरहँदा चोट लागेर मैदानबाट बाहिरिन पुग्नभयो । यद्दपी शकीब खेल समाप्त समारोहमा प्लेयर अफ द् सेरिजको पुरस्कार लिन उपस्थित हुनुभयो । करिब एक वर्षको प्रतिबन्धपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्नुभएका शकीब पहिलो श्रृखंलामै प्लेयर अफ द् सेरिज र प्लेयर अफ द् म्याचको पुरस्कार प्राप्त गर्नुभयो ।
फेब्रुअरी ३ देखि बङ्गलादेशले टेष्ट श्रृखंला खेल्दैछ । शकीबको चोट गहिराइ हेरेर उहाँ टोलिमा रहने÷नरहने निक्र्योल गरिने बताइएको छ ।