गोरखापत्र अनलाइन
काठमाडौं, माघ १५ गते । अन्तर्राष्ट्रिय क्रिकेटका अम्पायर ब्रुस अक्सनफोर्ड निवृत्त हुनुहुने भएको छ । १५ वर्षे अम्पायरिङ जिवनबाट उहाँ निवृत्त हुन लागेको जानकारी दिनुभएको हो । उहाँले पछिल्लो पटक भारत र अष्ट्रेलियाबीचको ब्रिसबेन टेष्टमा अम्पायरको भूमिकामा हुनुहुन्थ्यो । ६० वर्षीय अक्सनफोर्डले यद्दपी आफूले अष्ट्रेलियाको घरेलु क्रिकेटमा अम्पायरको भूमिकामा रहीरहने प्रष्ट्याउनुभएको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल(आईसीसी)ले अम्पायरहरुको अन्तर्राष्ट्रिय प्यानलमा उहाँलाई सन् २००७ मा राखेको थियो । सन् २०१२ मा स्तरोन्नती भई उहाँ इलाइट प्यानलमा पुग्नुभयो ।
अक्सनफोर्ड अष्ट्रेलियाका डेरिल हार्पर, डारेल हैर, साइमन टोफल, रड टक्कर र स्टिभ डेभिसँगै कम्तिमा ५० टेष्ट खेलमा अम्पायरिङ गर्नुभएका छैठौं अधिकारी हुनुहुन्छ । हालसम्म मात्र १६ जना अम्पायरले ५० भन्दा बढी टेष्ट खेलमा अम्पायरको भूमिका निर्वाह गर्नुभएको छ । अक्सनफोर्ड ५० ओभरको विश्वकप र टी ट्वान्टी विश्वकप क्रिकेटको तीन÷तीन संस्करणमा अम्पायरको भूमिका निर्वाह गर्नुभएको छ ।
उहाँले आफू दुई सय अन्तर्राष्ट्रिय क्रिकेटमा अम्पायरको भूमिका निर्वाह गर्न पाएकोमा खुशी रहेको वक्तब्य जारी गरी बताउनुभएको छ । उहाँले श्रीमति जो, छोरा जेम्स र छोरी क्रिष्टिनको स्नेह र समर्थनका लागि धन्यवाद दिनुभएको छ ।
खेलाडी हुँदा अक्सनफोर्डले क्विन्सलैण्डका लागि मध्यक्रमको ब्याट्सम्यान र लेग स्पिनरको रुपमा आठ वटा पहिलो श्रेणीको क्रिकेट खेल्नुभयो ।