गोरखापत्र अनलाइन
काठमाडौं, माघ १६ गते । श्रीलङ्काली क्रिकेट टोलीका प्रमुख चयनकर्ता असन्था डे मेलले पदबाट राजिनामा गर्नुभएको छ । यद्दपी उहाँले इंग्ल्याण्डविरुद्धको श्रृखंला अघि नै आफूले चयनकर्ताबाट राजिनामा गर्ने सोच बनाएको बताउनुभएको हो ।
इंग्ल्याण्डविरुद्धको दुई खेलको टेष्ट श्रृखंला श्रीलङ्काले घरेलु मैदानमै हारेपछि नैतिकताको आधारमा उहाँले राजिनामा दिनुभएको बुझिएको हो । श्रीलङ्काले गत महिना मात्रै दक्षिण अफ्रिकाको भ्रमण गरेको थियो । उक्त भ्रमणमा समेत श्रीलङ्का दक्षिण अफ्रिका विरुद्धको टेष्ट २–० ले हारेको थियो ।
उहाँ श्रीलङ्काली क्रिकेट टोलीको ब्यवस्थापकबाट समेत राजिनामा गर्नुभएको छ । उहाँ सन् २०१८ को नोभेम्बरदेखि उक्त भूमिकामा हुनुहुन्थ्यो ।