गोरखापत्र अनलाइन
काठमाडौं, माघ १७ गते । एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोभिक र इन्टर मिलानका स्ट्राइकर रोमेलु लुकाकुमाथि एक एक खेलको प्रतिबन्ध लगाइएको छ । एसी मिलानका फरवार्ड इब्राहिमोभिक दुई पटक पहेंलो कार्ड खाँदा एक खेलको प्रतिबन्धको सामना गर्नुपर्ने भएको छ । रोमेलु लुकाकुसँग लड्न पुग्दा इब्राहिमोभिकले दोस्रो पहेंलो कार्ड पाउनुभएको थियो ।
कोपा इटालियामा दोस्रो पहेंलो कार्ड पाउनुभएका लुकाकु दोस्रो पटक पहेंलो कार्ड पाउँदा एक खेलको प्रतिबन्धको सामना गर्नुपर्ने भएको छ । इब्राहिमोभिकले विवादको क्रममा रङ्गभेदी टिप्पणी नगरेको प्रष्ट्याउनुभएको छ । यद्दपी उक्त विवादको अनुसन्धान हुने भएको छ । सामाजिक सञ्जालमा स्वीडिश फरवार्ड इब्राहिमोभिकले जलाटनको दुणियाँमा रङ्गभेदको कुनै गुञ्जायश नभएको धारणा राख्नुभएको छ ।
इन्टर मिलानले शुक्रबार सम्पन्न खेलमा एसी मिलानमाथि २–१ को जित हात पारेको थियो ।