गोरखापत्र अनलाइन
काठमाडौं, माघ १८ गते । पाकिस्तान क्रिकेट टोलिका ब्याट्सम्यान मोहम्मद हफिज दक्षिण अफ्रिका विरुद्धको टी ट्वान्टी श्रृखंलाबाट बाहिरिनुभएको छ । पाकिस्तान क्रिकेट टोलिका प्रमुख चयनकत्र्ता मोहम्मद वसिमले घोषणा गर्नुभएको २० सदस्यीय टोलिमा हफिज हुनुहुन्छ ।
मोहम्मद हफिज अबुधाबी टी टेन खेल्न हाल यूएईमा हुनुहुन्छ । उहाँले दक्षिण अफ्रिका विरुद्धको श्रृखंला खेल्ने फेब्रुअरी पाँचमा टोलिमा सहभागी हुने भन्दै म्याद थप गर्न बोर्ड समक्ष आग्रह गर्नुभएको थियो । कोभिड–१९ को सङ्क्रमणपछि क्रिकेट प्रतियोगिता सुरु हुनु अघि खेलाडीहरु ‘बायो बबल’ अन्तगर्त आइसोलेशनमा बस्नुपर्ने हुन्छ । अफ्रिका विरुद्धको टी ट्वान्टीका लागि घोषित टोलिका सदस्यहरुले फेब्रुअरी ३ देखि नै बायो बबल पछ्याउनेछन् ।
हफिज पछिल्ला दिनहरुमा टी ट्वान्टी क्रिकेटमा उत्कृष्ट लयमा देखिनुभएको छ । फखार जमान र वहाब रियाज समेत टोलिबाट बाहिरिएका छन् । शदाब खान घाईते रहेको र इमाद वसिम उपलब्ध नहुने भएपछि हसन अलि, आसिफ अलि र आमेर यामिन टोलिमा बोलाइएका छन् । जफार गोहार, दनिश अजिज, जाहिद महमूद र अमाद बट्ट चार जना नयाँ खेलाडी टोलिमा स्थान बनाएका छन् ।
टोलिका अन्य सदस्यहरुमा बाबर आजम, हैदर अलि, खुशदील शाह, हुस्सैन तलत, इफ्तिखार अहमद, मोहम्मद नवाज, फहिम अशरफ, मोहम्मद रिजवान, सरफराज अहमद, शाहीन अफ्रिदी, हरिश रौफ, मोहम्मद हस्निन, हसन अलि, उसमान कादिर र जाहिद महमूद छन् ।
फेब्रुअरी ११ देखि १४ सम्म पाकिस्तान र दक्षिण अफ्रिकाबीचको तीन म्याचको टी ट्वान्टी श्रृखंला गद्याफी रङ्गशालामा खेलाइनेछ ।