गोरखापत्र अनलाइन
काठमाडौं, माघ १८ गते । नेपाल पुलिस क्लबले चन्द्रपुर नगरपालिकामाथि ३–१ को जित हात पारेको छ । जितसँगै नेपाल पुलिस राष्ट्रिय महिला लिग अङ्कतालिकाको दोस्रो स्थानमा उक्लेको छ ।
खेल सुरु भएको २७ औं मिनेटमा निशा सुनारको प्रहार गोलमा परिणत भएपछि पुलिसले सुरुवाती अग्रता लिन सफल भयो । सबिता रानामगरले पहिलो हाफमै चन्द्रपुरका लागि गोल गर्दै खेल १–१ को बराबरीमा ल्याउनुभयो । ५० औं मिनेटमा निरु थापाले गोल गर्दा पुलिसले २–१ को अग्रता लिन सफल भयो । इन्ज्युरी समयको तेस्रो मिनेटमा अनुष्का शेर्पाले गोल गर्दै पुलिसले चन्द्रपुरमाथि ३–१ को जित सुनिश्चित गर्नुभयो ।
नेपाल पुलिसले पाँच खेलमध्ये दुईमा जित, एउटामा हार र दुई बराबरी खेलेको छ । शीर्ष स्थानको एपीएफ क्लबको १५ अङ्क छ ।