गोरखापत्र अनलाइन
काठमाडौं, माघ १९ गते । लियोनल मेस्सीले बार्सिलोनाका लागि ६५० औं गोल पुरा गर्नुभएको छ । स्पेनिस ला लिगामा एथलेटिक बिल्बाओमाथि जित हात पार्ने क्रममा मेस्सीले फ्रि किकलाई गोलमा परिणत गर्दै बार्सिलोनाका लागि ६५० औं गोल पुरा गर्नुभयो ।
एथलेटिकले पाँच खेलाडीको पर्खाल निर्माण गरेको थियो । एकजना पर्खालको पछाडि सक्रिय थिए । यद्दपी मेस्सीले गोल सम्भब बनाउनुभयो । उहाँले ४९ औं फ्रि किक गोल गर्नुभयो । जोर्डी अल्बाले आफ्नै गोलपोष्टमा बल छिराउँदा एथलेटिकले बराबरी गर्यो । तर एन्टोनि ग्रैजमनले ओस्कार मिनगुएजाको पासलाई गोलको दिशा दिदै बार्सिलोनाको एथलेटिकमाथि २–१ को जित सुनिश्चित गर्नुभयो ।
जितसँगै बार्सिलोना रियल मड्रिडभन्दा माथि अङ्कतालिकाको दोस्रो स्थानमा उक्लेको छ । तर दुबै टोलि शीर्ष स्थानको एटलेटिको मड्रिडभन्दा दश अङ्कले पछाडि रहेको छ । एटलेटिकोले दुबै टोलिभन्दा एक खेल कम खेलेको छ ।