logo
२०८१ मंसिर १० सोमवार



भारतका पूर्व तीव्र गतिका बलर अशोक डिन्डाद्वारा सन्यासको घोषणा

खेलकुद |


भारतका पूर्व तीव्र गतिका बलर अशोक डिन्डाद्वारा सन्यासको घोषणा
तस्विर-गेट्टी इमेजेज


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २१ गते । भारतका पूर्ब तीव्र गतिका बलर अशोक डिन्डाले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गर्नुभएको छ । ३६ वर्षीय डिन्डाले अन्तर्राष्ट्रिय एकदिवसीय र टी ट्वान्टी अन्तर्राष्ट्रियमा भारतको प्रतिनिधित्व गर्नुभएको छ ।
उहाँले सन् २०१० देखि सन् २०१३ सम्म भारतका लागि १३ अन्तर्राष्ट्रिय एकदिवसीय नौ टी ट्वान्टी अन्तर्राष्ट्रिय खेल्नुभएको छ । एकदिवसीयमा उहाँले १२ र टी ट्वान्टीमा १७ विकेट लिनुभएको छ । अन्तर्राष्ट्रिय क्रिकेटमा भन्दा उहाँ घरेलु क्रिकेटमा लामो समयसम्म प्रभावकारी प्रदर्शन गर्नुभयो । उहाँले तीन सय पहिलो श्रेणीको क्रिकेटमा ४२० विकेट लिनुभएको छ ।
सन्यास घोषणा गर्दै डिन्डाले भन्नुएको छ, “खेल्दैगर्दा घाइते हुन पुगेर आफूले समस्या भोग्नुपरेको छ, जारी सिजनमा गोवाबाट खेल्दा मैले तीन खेलमा पाँच विकेट लिएँ, म करिब ३७ वर्षको भएँ र १५ वर्षदेखि पहिलो श्रेणीको क्रिकेट खेल्दैछु अब भने बिदा लिने समय भइसकेको छ ।”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?