logo
२०८१ मंसिर १० सोमवार



पहिलो पारीमा वेष्टइन्डिज विरुद्ध बङ्गलादेशको सम्हालिएको प्रदर्शन

खेलकुद |


पहिलो पारीमा वेष्टइन्डिज विरुद्ध बङ्गलादेशको सम्हालिएको प्रदर्शन
तस्विर-बीसीबी


गोरखापत्र अनलाइन
काठमाडौं, माघ २१ गते । वेष्टइन्डिज विरुद्धको पहिलो टेष्टको पहिलो पारीमा बङ्गलादेशले सम्हालिएको प्रदर्शन गरेको छ । पहिलो दिनको खेल सकिदासम्म बङ्गलादेशले पाँच विकेटको क्षतिमा २४२ रनको योगफल तयार गरेको छ ।
दोस्रो दिनको खेल शकीब अल हसनले ३९ तथा लिटन दासले ३४ रनको ब्यक्तिगत् योगफलबाट अगाडि बढाउनुहुनेछ । चट्टगाउँमा टस जितेर पहिलो ब्याटिङ गर्ने निर्णय गरेको बङ्गलादेशले १३४ रनमै चार विकेट गुमाएर कमजोर सुरुवात गर्न पुग्यो । बङ्गलादेशको पारी उकास्न ओपनर शदमन इस्लामले ५९ तथा मध्यक्रममा मुश्फीक्र रहिमले ३८ रनको पारी खेलेर महत्वपूर्ण योगदान दिनुभयो । रहिमले शकीबसँग पाँचौं विकेटका लागि ५९ रनको साझेदारी गर्नुभयो ।
वेष्टइन्डिजका लागि जोमेल वरिकनले सर्वाधिक तीन विकेट लिनुभयो । केमार रोचले एक विकेट लिनुभयो । नजमल होस्सैन शान्टो भने २५ रनमा रन आउट हुन पुग्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?