गोरखापत्र अनलाइन
काठमाडौं, माघ २३ गते । पाकिस्तानले दक्षिण अफ्रिका विरुद्धको दोस्रो टेष्टको पहिलो पारीमा २७२ रनको सामान्य योगफलमा समेटिएको छ । दोस्रो दिनको खेल तीन विकेटको क्षतिमा १४५ रनबाट अगाडि बढाएको पाकिस्तानले दोस्रो दिनको खेलमा थप १२७ रन जोड्दा बाँकीको सात विकेट गुमाउन पुग्यो ।
पाकिस्तानको पारीमा फहीम अशरफले सर्वाधिक ७८ तथा कप्तान बाबर आजमले ७७ रनको पारी खेल्नुभयो । फवाद आलम ४५ रन जोडेर रन आउट हुनुभयो । अन्य कुनै पनि ब्याट्सम्यानले प्रभाबकारी प्रदर्शन गर्न सकेनन । दक्षिण अफ्रिकाका लागि एनरिक नोर्जेले सर्वाधिक पाँच तथा केशव महाराजले तीन र वियान मल्डरले एक विकेट लिनुभयो ।